आठ वटा मोटरसाइलक चोरेर प्रेमिकालाई प्रभावित पार्न खोज्ने नयाँ दिल्लीका एक युवकलाई गत शनिबार पक्राउ गरिएको छ । उनकी प्रेमिकाले बाइक नभएको भन्दै गिज्याएपछि ती युवकले यस्तो कदम उठाएको बताइन्छ ।

अडिटी सेन्ट्रलका अनुसार ललित नामका ती व्यक्तिले प्रेमिकालाई प्रभावित पार्न नयाँ दिल्लीमा विभिन्न पार्टीको आयोजना गर्ने गर्थे । तर गत महिना भ्यालेन्टाइन्स डेमा प्रेमिकाले उनलाई आफ्नै मोटरसाइकल नभएको भन्दै गिज्याइन् । उनले भनेको सही थियो तर प्रेमीलाई उनको कुराले घोच्यो तसर्थ आफ्ना साथीसँग मिलेर ललितले प्रेमिकाका लागि एउटा होइन थुप्रै मोटरसाइकल ल्याउन सक्छु भनेर देखाउने निश्चित गरे । तर, दुर्भाग्यवश उनको यो योजनाले उनलाई जेलसम्म पुर्‍यायो ।

ललित र उनका साथी साहिदले आफूले जतिसक्दो धेरै महँगो मोटरसाइकल चोर्ने निश्चित गरे । सुरुमा सबै कुरा राम्रै चल्यो । उनीहरुले केही महँगा दुई पाङ्ग्रे चोर्न सफल भए तर उनीहरुको यस्तो व्यवहारले पुलिसको ध्यान आकर्षित गर्‍यो ।

मार्च ६ तारिखमा पुलिसले दुई संदिग्ध द्वार्का एरियामा भएको खबर पाए । तसर्थ पुलिसले उनीहरुलाई पछ्याउने निश्चित गरे । जब पुलिसले लाइसेन्स प्लेट नभएको एउटा महँगो बाइकमा सवार दुई युवालाई देखे तब उनीहरुलाई रोकियो । उक्त बाइक फेब्रुअरी २१ तारिखमा दिल्लीको बिन्दापुरमा चोरी भएको पुष्टि भयो ।

यी दुईले आफ्नो अपराध स्विकार गर्दै आफूहरुले विभिन्न स्थानबाट ८ वटा मोटरसाइकल चोरेको पुलिसलाई जानकारी दिए । किन यस्तो अपराध गरेको भनेर प्रश्न सोध्दा, ललितले आफ्नी प्रेमिकालाई प्रभावित पार्न यस्तो गरेको जानकारी दिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!