हिपमत डटकम

बुधबार, जेठ ३१, २०८० || 1437  पटक पढिएको
खोटाङ, २०८० जेठ ३१ गते । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा स्थितमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा मृतकका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पा घर भई हाल मझुवागढी- ७ बस्दै आएका ३२ बर्षीय बालजीत राईले मंगलवार साँझ ७ बजे सामान्य बादबिवादका कारण आफ्नै श्रीमती २८ बर्षीय सरीता तामाङलाई कुटपिट पश्चात खुकुरी प्रहार गरी हत्या गरेको भन्ने सूचना पाए संगै जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले श्रीमानलाई खोजतसाल गर्ने क्रममा घर नजिकै रहेको जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । हत्या गरेको आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!