हिपमत डटकम

सोमबार, जेठ २९, २०८० || 5898  पटक पढिएको

काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्‍ट्रिय विमान स्थलबाट लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६ किलो ८ सय ६० ग्रामसहित जर्मन नागरिक ६३ वर्षीय PAUL WERST लाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । टर्किस एयरको उडानद्वारा काठमाडौंबाट स्तानबुल हुँदै जर्मन जान लागेका उनको २ वटा लगेजलाई विमानस्थलको प्रस्थान होल्ड व्यागेज एरियामा जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौं पठाइएको छ ।

सर्लाही, मंलगवा नगरपालिका-५ बाट अवैध लागूऔषध गाँजा करिब १० किलो ४ सय ९० ग्राम सोमबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी भाँडसरबाट खटिएको प्रहरीलाई देख्ना साथ बीआर ०६ बीके ०१७५ र बीआर ५५ ए ८२०७ नम्बरका २ मोटरसाइकलमा आएका व्यक्तिहरूले मोटरसाइकल छाडी फरार भएपछि जाँच गर्ने क्रममा उक्त मोटरसाइकलहरूको सिट मुनि लुकाई राखेको उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!