हिपमत डटकम

आइतबार, जेठ २८, २०८० || 2150  पटक पढिएको

बिराटनगर, जेठ २८ गते। कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगबाट खटिएको प्रहरी टोलीले छुट्टा छुट्टै मुद्दाका पाँच जना फरार प्रतिबादीहरुलाई पक्राउ गरेको छ । वन पैदावर मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८|०५|१६ गतेको सजाय निर्धारण फैसला आदेशले जनही २ महिना १० दिन कैद बेरुजु रही फरार रहेका धरान उप-महानगरपालिका-१९ सुनसरीका ४० बर्षीय मिलन राई र ५० बर्षीय भिम प्रताप तामाङ, ज्यान मार्ने उद्योग मुद्दामा सम्मानित सर्वोच्च अदालतको मिति २०७४|०७|२९ गतेको सजाय निर्धारण फैसला आदेशले ४ बर्ष कैद भई फरार रहेका धरान उप-महानगरपालिका-१५ का ४० बर्षीय मणि प्रसाद लिम्बुलाई गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै बहु-विवाह मुद्दामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७९|१२|०८ गतेको सजाय निर्धारण फैसला आदेशले १० महिना २ दिन कैद र ५ हजार रुपैया जरिवाना भएका बिराटनगर महानगरपालिका-११ का ४६ बर्षीय बिर्जु भन्ने बिरजु पासवान, ११ महिना १४ दिन कैद र ५ हजार रुपैया जरिवाना रहि फरार रहेका ३८ बर्षीय अनिता पासवानलाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई कैद भुक्तानको लागि कारागार पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!