हिपमत डटकम

आइतबार, जेठ २८, २०८० || 3091  पटक पढिएको

बिराटनगर, २०८० जेठ २८ गते । झापा, मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो बिशेष सुचनाको आधारमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मेचिनगर नगरपालिका-१२ स्थितमा बिर्तामोड नगरपालिका-७ का १९ बर्षीय महमद आरिफ, अर्जुनधारा नगरपालिका-११ का २० बर्षीय प्रदिप दर्जी, मेचिनगर-१३ का २८ बर्षीय धन बहादुर महतारा र बिर्तामोड-१० का २४ बर्षीय सन्दिप लाम्गादे र भारत दार्जिलिङका ३२ बर्षीय राजेन्द्र बर्मन समेतलाई ११ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर र नगद २७ हजार ५० रुपैया सहित नियन्त्रणमा लिएको हो ।

यसै गरी मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट धनकुटा नगरपालिका-१ का २३ बर्षीय मौषम तामाङ र २४ बर्षीय कमलेश तामाङलाई ४१ मिलिग्राम ब्राउन सुगर र उदयपुरको बेलका नगरपालिका-८ स्थितबाट रामधुनी-४ सुनसरीका ३७ बर्षीय हिरा साहलाई १ ग्राम ३ सय २० मिलिग्राम ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो । लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!