निशान कंडेल

बुधबार, जेठ २४, २०८० || 2064  पटक पढिएको

बिराटनगर। दुबै मिर्गौला बिग्रेका सुनवर्षिका दिलकुमार राजबंशिलाई ७५ हजार सहयोग रकम हस्तान्तरण गरिएको छ ।

केही समय यता दुबै मिर्गौला बिग्रेका दिलकुमारले आर्थिक अभावका कारण आफ्नो राम्रो उपचार गराउन सकिरहेका थिएनन् ।उनको यो दयनिय अवस्था देखेर रोमानियामा हुने नेपालीहरुको समुहले राजबंशिलाई सहयोग संकलन गरेर पठाएका थिए ।

रोमानियाबाट पठाएको सहयोग रकम पथरीशनिश्चरे नगरपालिका वडा न -५ का वडा सदस्य बिनय तिम्सिना ,सुनवर्षी नगरपालिका वडा न -२ का वडा सदस्य लक्ष्मी प्रसाद सिंह पत्रकार एभिन्युज टेलिभिजनका पत्रकार बिरेन्द्रकुमार साह ,स्थानिय समाजसेवी सन्तोष लुइँटेल लगायतको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको छ ।

रोमानियामा कार्यरत दुर्गाचन्द राजबंशि र धर्मराज गुरागाईको पहलमा यो रकम संकलन गरिएको थियो । रोमनियामा कार्यरत नेपालीहरुले आफुले कमाएको थोरै थोरै रकम जम्मा गरेर दिलकुमारको उपचारमा सहयोग हुने हेतुले सहयोग गरेको बताए ।

यता बिदेशमा बसेर पनि आफ्नो जीवन रक्षाको लागि सहयोग पठाउने सबैलाई दिलकुमारले धन्यवाद दिदै आफ्नोलागि भगवान जस्तै भएको बताए। अझ एउटा किड्नी ट्रान्सप्लान्ट गर्न रकम अभाव भएकोले देश बिदेशमा हुने सम्पूर्ण नेपालीहरुमा आफ्नो जीवन रक्षा गरिदिन अपिल समेत गरेका छन्।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!