कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको निर्णय विपरित राष्ट्रिय सभाको बैठक बसेको छ ।

सरकारले संक्रमण रोकथामका लागि २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेपनि बिहीबार राष्ट्रिय सभाको बैठक बसको हो । सरकारी निर्णयलाई लत्याउँदै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक डाकेका हुन् ।

पूर्वनिर्धारित योजना अनुसार राष्ट्रिय सभाको बैठक बसेको अध्यक्ष तिमिल्सिनाका प्रेस सहयोगी अशोक पौडेलले जानकारी दिए । भोलि पनि बैठक बस्ने र त्यसपछि मात्रै अगामी बस्ने नबस्ने भन्नेमा टुङ्गो लाग्ने उनले बताए । आजको बैठक उच्च सर्तकताका साथ बसेको उनको दावी छ ।

बैठकमा २५ जना भन्दा बढी ब्यक्ति भएपछि संसदको राज्यव्यवस्था समितिको बिहिबारको बैठक स्थगित भएका बेला राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले भने शुक्रबारका लागि पनि बैठक डाकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!