जितेन्द्र ठाकुर

सोमबार, जेठ २२, २०८० || 1281  पटक पढिएको

विराटनगर । प्रत्येक वर्ष झै यस वर्ष पनि नेपाली भुभाग्य डुवाउन भारतीयपक्षले सप्तकोशी नदीको पश्चिमी तत्बन्ध भएर पानी बगाउने ढोका खोलेको छ । भारतको विहार राज्य अन्तर्गतको ५ जिल्ला जोगाउन सप्तकोशी नदीको नेपाल तर्फको भु भाग्य डुवाउने ढोका कोशी परिजयोजनाका भारतीय अधिकारीहरुले खोलेका हुन । वर्र्षायाम सुरु हुन नपाउदै भारतीय पक्ष आफुखुशी नेपाल तर्फको भुभाग्य डुवाउने गरी केहि दिन देखि निरन्तर सप्तकोशीको ढोका खोलेको हो ।

कोशीको प्राकृतिक बहावलाई प्यालोट च्यानेल खनेर नेपाल तिर फर्काउदै आएको भारतीय पक्षले पानीको बहाव बढे पछि नेपाली भुभाग्य डुवाउने ढोका नम्बर ५५ र ५६ खोलेको हो । सप्तरी तर्फ पश्चिमी बाध भएर पानी बगाउने भारतीय पक्षले ढोका खोल्ने गरेको व्यारेजका रमेश माझीले बताए । विहारको भिमनगर देखि दक्षिण करिव १५ किलो मिटरमा रहेको कोशी स्पर नम्बर २०५० देखि अगाडी कोशीको बहाव पूर्वी तटबन्धमा छोए वग्न थालेपछि विगत ४ वर्ष देखि प्यालोट च्यानल खनेर कोशीको बहाव पश्चिमी तटबन्ध –नेपाल ) तीर फर्काएको हो ।

कोशीको प्राकृतिक बहाव विगत १५ वर्ष देखि पूर्वी तटबन्धलाई छोएर बग्दै थियो । कोशीमा पानीको बहाव बढे सो स्थानमा खतरा हुने भन्दै परियोजनाले त्यहा युद्ध स्तरमा मर्मत सभारको काम गर्दे आएको छ । त्यहा बाधमा कटान भए विहारको सुपौल ,अररिया , पुर्णीया , मधेपुरा सहित आसपासका बाढी पसेर ठुलो धनजनको क्षती हुने देखिन्छ । त्यस कारण पानीको बहाव पश्चिमी तटबन्ध तर्फ योजना वद्ध रुपमा पाइलट च्यानल बनाएर मोड्ने गरेको हो । ४ वर्ष यता कोशीको पानीको बहाव पश्चिमी तत्बन्ध भएर बगाउन निरन्तर पाईलट च्यानल खन्दै आएका भारतीय अधिकारीहरुले यस वर्षायाम सुरु हुन अगाबै सप्तरी तर्फको दुई वटा ढोका खोलेका छन् ।

पश्चिमी तटबन्ध तर्फ पानीको बहाब बढे नेपाल तर्फको चार स्थानीय तहमा कोशीको पानी पस्ने सम्भावना बढी छ । पश्चिमी तटबन्ध तिर पानीको बहाब बढे नेपालको हनुमाननगर कंकालनी नगरपालिका अधिकांश वडा सहित कोइलारी तिलाठी नगरपालिका , छिन्नमस्ता गाउपालिका र राजविराज नगरपालिका जोखिममा परेको बताईएको छ । विगत १५ वर्ष देखि सप्तकोशी नदीको प्राकृतिक वहावलाई बहुचर्चित नेपाल–भारत कोशी–सम्झौता–१९५४को मर्म र भावना विपरित कोशी परियोजनाका भारतीय अधिकारीहरुले प्यालोट च्यानेल खन्दै आएको थियो । समाचार स्रोतका अनुसार पश्चिमी तटबन्धको मर्मत सभारको बजेट करिव ५० करोड खर्चेर प्राकृतिक बहाव नेपाल तर्फ बनाउदै आएको छ ।
कोशीको बहाव पश्चिमी तटबन्ध तर्फ फर्काउदा भारदह देखि कनौली रामपुरा महल्नीय सहित एक दर्जन स्थानीय तह बाढीको उच्च जोखिममा परेका छन् ।

परियोजना अन्तर्गतका बाढ नियन्त्रण एवं जल निस्सरण कार्यालय विरपुरले सम्झौताको मर्म विपरित नेपाली भु भाग्गमा खनेको पाइलट च्यानल मार्फट पानी छोड्डा हनुमान नगर कंकालनी नगरपालीका वडा नम्बर १३ ( गोवरगाढा)का बस्तीमा बासिन्दा बस्तीमा नै थुनिए बस्न बाध्य बन्दै आएका छन् । कोशीको प्राकृतिक बहाव भारत विहार लोकहा पुर्नवास स्थित स्पर नम्बर २०५०मा पुगेको बेला परियोजनाका भारतीय अधिकारीहरुले सुनयोजित रुपमा नेपाली पक्षलाई जानकारी नदिई कोशी बिचमा बहाव बनाउन पाइलट च्यानल खन्दै आएका थिए ।

सम्झौता अनुसार लिजमा दिएको जग्गा बाहिर नै परियोजनाले नेपाली भुभागमा च्यानल खनिएको स्थानी रमेश यादवले बताए । उनका अनुसार मर्मत गर्नु पर्ने पश्चिमी तटबन्धको मर्मत नगरेर परियोजनाले सम्झौता विपरित नेपालका भुभाग डुवानमा पर्ने नियत खनेको च्यानलले पिश्चमी तटबनधका छेउमा रहेको बस्तीहरु उच्च जोखिममा परेको छ ।नेपाल तिरको तटबन्ध करिव २० वर्ष देखि मर्मत सभारको काम पूर्ण रुपमा गरेको छैन् , उनले भने–‘ कोशीमा २ देखि ३ लाख क्युसेफ पानीको बहाव भए नेपाली भुभागमा डुवानमा पर्ने छ ।‘कोशीको क्षमता १० लाख क्युसेफको रहेको बताइएको छ । समान्य वर्षा भए संगै हनुमान नगरकंकालनी नगरपालिकाका करिव ५ सय परिवार विस्थापीत हुने गरेको विम्देश्वर यादवले सुनाए ।

नेपाल सरकारले गरेको सम्झौता अनुसार कुनै सुविधान नदिने तर नेपाली भुभाग डुबानमा पार्ने किसिमको काम गर्दा सम्झौता भएको छ भन्दै कष्ट दिने मात्र परियोजनाका भारतीय अधिकारीहरुले गर्ने गरेकाले नेपाली बस्ती जोखिममा परेको ५० वर्षीय लखन मण्डलले बताए । केही वर्ष देखि कोसीको ५६ ढोका मध्ये ढोका नम्बर २८ बाट पाइलट च्यानल खनेर कोशीलाई बिच बाटो वाट बगाउने भन्दै खन्दै आएको थियो तर सुनयोजित रुपमा भारतीय अधिकारीहरुले नेपाली भुभाग डुबानमा पर्ने गरी पूर्व पट्टी खनिएको बालुवा थुपार्दे बहाव नै नेपाल तिर बनाएको हो ।
विगत लामो समय देखि नेपाली भुभागमा निर्माण गरिएको पश्चिमी तटबन्धको मर्मत सभार नगरेर पूर्वी तटबन्ध जोगाउन मात्र परियोजनाका कर्मचारीहरु लागेको बेला नेपाल पक्ष वाट कुनै पहल नहुदा भारतीय अधिकारीहरुले मनमर्जी काम गर्ने गरेको स्थानीयहरुले बताउदै आएका छन् ।
विन्देश्वरी यादवका अनुसार अहिले त्यहाँ बासिन्दाहरु पौडेर बस्तीतर्फ आउजाउ गर्ने गरेको छ ।समान्य पार्नी पर्दा सो पाइलट च्यानलमा ७० किलोमिटर प्रतिघण्टाका दरले बहाव रहेको स्थानीयहरुले बताएका छन् ।
स्थानीय कुशेश्वर यादवले नेपाली भुभागमा खन्ने गरेको पाइलट च्यानले बस्तीका बासिन्दा थुनिने र नगरपालिका संगै नेपाली भुभाग डुवानमा पर्ने खतरा रहेको भन्दै विरोध स्थानीयले जनाए पनि परियोजनाका कर्मचारीले आफु खुशी बनाएको बताए ।
सम्झौताको बु“दा नम्बर १४ मा नेपाल भूभागमा काम गर्दा नेपालको सार्वभौम अक्षुण राखी काम गर्नुपर्ने उल्लेख छ । सम्झांैतामा सूचना दुबै देशका जनतालाई सुलभ तरिकाले दिनुपर्ने प्रावधान उल्लेख गरिएको छ।तर भारतीय अधिकारीहरुले नेपाली नागरिकलाई सुचना नदिन नमिल्ने भन्दै सुचना समेत लुकाइ रहेका छन् ।

केही वर्ष अघि समान्य लापरवाहीले सुनसरीको कुसहा स्थित रहेको कोशीको तटबन्ध फुट्दा सुनसरीको ४ तत्कालिन गाविस सहित विहारो लाखौ बासिन्दाको उठिवास भएको थियो । जसको क्षतीपूर्ती हाल सम्म नेपालीहरुले पाएका छैनन् ।
उता कोशी सम्झौता अनुसार सप्तकोशी नदीको नेपाल तर्फ हुने कामको सम्पूर्ण लेखाजोख ागर्न विराटनगर स्थित स्थापना भएको भुआर्जन कार्यालयलाई समेत वेवास्ता गर्दे कोशी परियोजनाले काम गर्दे आएको पाइएको छ ।
भुआर्जन अधिकृत प्रमोद पौड्याले नेपाल तर्फ हुने कामको जानकारी रहेपनि अनुगमन गर्न अधिकार नभएको बताए । कामहरु धमाधम भईरहेको छ , उनले भने –‘काम पनि सकियो, तर अनुगमन गर्न पाएनौं।
उनका अनुसार ढोका बिच वाट खोल्नु पर्ने कुरा मिडिङ्गमा उठिएको छ ।ढोका खोल्ने अधिकार परियोजनाका भारतीय अधिकारीहरुमा मात्र रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!