खबर ठुलो छ

 

हिपमत डटकम
कास्की,मंसिर २१।

कास्की जिल्ला मादी गाउँपालिका वडानंं ७ छाचोकका बुद्धिबहादुर आलेमगर ट्यूमर रोगबाट ग्रसित छन् । उनी हाल २७ बर्षका भए । उपचारको लागी नेपालका ठूला–ठूला अस्पतालमा गए पनि डाक्टरले उपचार गर्न सकेनन् । गरिबीकै कारण देशबाहिर उनीहरु जान सकेनन् र उनको यो अवस्था आयो । उनी जन्मदा सामान्य जस्तै थिए हल्का रुपमा रातो थियो अनुहार । कक्षा ८ सम्म पढ्ने बेला सम्म पनि उनी मेलापात गए, आमाबाबुलाई काममा सघाए । जति उमेर बढ्दै गयो उत्तिकै उनको यो समस्या बल्झदै गयो । चिकित्सकका अनुसार उनको अनुहारमा नसाहरु धेरै बेरिएका छन् जसका कारण चिकित्सकले उपचार नेपालमा संभव छैन भनेर भनेका थिए । उपचारको लागी बिदेश जान पाए फेरी आफू पहिलेको अवस्थामा फर्कने आशा बुद्धिबहादुरको छ । आर्थिक सहायता जुटेको अवस्थामा उनी बिदेश गएर पनि उपचार गर्न चाहन्छन् । बिगत एक बर्ष देखी उनी एकै थलोमा छन् । हेर्नुहोस यो भिडियो ।

शनिबार, मंसिर २१, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया