हिपमत डटकम

आइतबार, जेठ २१, २०८० || 2472  पटक पढिएको

काठमाडौं, २१ जेठ ।अभिनेता दयाहाङ राई मुख्य भूमिका रहेको चलचित्र नीरफूल यही २६ जेठबाट देशब्यापी रिलिज हुने भएको छ । यो चलचित्रको बारेमा काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अभिनेता दयाहाङले मौलिक कथा र बिरालै हुने घटनामा केन्द्रित भएकाले आफुले चलचित्र नीरफूलमा अभिनय गरेको बताएका छन् । उनले यो चलचित्रको स्कृप्ट नै बलियो रहेको जिकिर गरे ।

यो चलचित्रमा दयाहाङ राईसँगै शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबा, बिजय लामालगायतको अभिनय रहेको छ । रेखा थापा यो चलचित्रमा विशेष भूमिकामा छिन् । बाल गायिका जिम्मे छ्योइकी र नाट्यकर्मी शान्ति वाइबाले यही चलचित्रबाट ठुलो पर्दामा डेब्यु गरेका छन् ।

गत वर्ष अभिनेता दयाहाङको चलचित्र कबड्डी ४ ले सर्वाधिक सफल व्यापार गरेको थियो भने यतिबेला उनको अर्को चलचित्र जारीले सफल प्रदर्शनीको ५१ दिन मनाउँदै नेपालमा मात्र १४ करोड भन्दा बढीको नेट व्यापार गरिसकेको छ । ती दुबै चलचित्र जस्तै यो नयाँ चलचित्र पनि मौलिक भएकाले नीरफूलले पनि राम्रो व्यापार गर्ने उनले बताएका छन् ।

यो चलचित्रमा तामाङहरुको मौलिक संस्कृतिलाई पनि दर्शकले नजिकबाट चिन्ने अबसर पाउने दयाहाङले बताएका छन्,‘तामाङहरुमा पनि बुद्धिजम र तान्त्रिजम गरी दुईवटा समुदाय रहेछ । विवाहबाट यी दुई समुदाय जोडिएपछिको पारिवारिक सम्रचनादेखि उनीहरु नामाकरण तथा अन्य धेरै संस्कृतिहरु पनि यो चलचित्रमा देख्न पाईन्छ ।’ यो चलचित्रका पात्रको नामाकरण देखि यसले उठाएको बिषयबस्तु धेरै कुरा मौलिक भएको पनि दयाहाङले जिकिर गरे ।

यसरी चलिचत्र नीरफूलमा काम गर्दा आफुले तामाङ समुदायलाई अझ नजिकबाट चिन्न पाउनुका साथै उनीहरुको संस्कृतिमा भिज्न पाएको अनुभव पनि यी अभिनेताले सुनाए,‘म राई समुदायको हुँ र आफ्नो संस्कृतिसँगै लिम्बुहरुको संस्कृतिसँग केही नजिक थिएँ । चलचित्र नीरफूलमा काम गर्दा मैले तामाङ समुदाय र उहाँहरुको संस्कृतिलाई अझ नजिकबाट चिन्ने अबसर पाएको छु ।’ यस्ता थुप्रै्र कारणले आफ्नो लागि यो चलचित्र विशेष रहेको उनले बताएका छन् ।

दयाहाङले यसमा आफ्नो थातथलो नेपालको नक्साबाटै गुमेको र भूकम्पपछि आफ्नो परिवार नै हराएको नीरिह नेपाली नागरिकको भूमिका निर्वाह गरेका छन् । आफ्नो नागरिक प्रति यो राज्य कतिसम्म गैर जिम्मेवार रहेको छ भन्नेकुरा दयाहाङको भोगाईमार्फत गैह्र जिम्मेवार तथा लाचार राज्यव्यबस्थालाई यो सिनेमा मार्फत दर्शाईएको छ । यसैले यो चलचित्रले समसामयिक राज्य व्यबस्थाको कहालिलाग्दो कथासमेत भन्ने यी अभिनेताले बताएका छन् ।

लामो समयसम्म छायाँमा परेका हाम्रा कथाहरुमा पछिल्लो समय आफुले काम गर्न पाएको यी अभिनेताले बताएका छन्,‘त्यसमा पनि चलचित्र नीरफूलले त पहिचानबादी मुद्धालाई निकै बलियोसँग उठाएको छ । मुलुकमा बेरोजगार एउटा नेपाली केही वर्ष बिदेशमा रोजगारी गरेर घर फर्कँदा उसको थातथलो नै नेपालको नक्साबाटै हराउनु, उसको गाउँनै नभेटिनु जस्तो बिडम्बना के हुन सक्छ ?’ त्यसैले चलचित्र नीरफूलमा भूकम्पले निम्त्याएको बिनासको घटना भए पनि यसको कथा अर्कै रहेको दयाहाङले जिकिर गरेका छन् । यी सबै सहायक विषय भए पनि चलचित्रको मुल कथा चाही २६ गतेपछि हलमा गएर नीरफूल हेरेपछि मात्र दर्शकलाई थाहा हुने दयाहाङको खुलाएका छन् ।

यो चलचित्रका निर्देशक एवम् बरिष्ट सञ्चारकर्मी फुलमान बलमा हाम्रो समुदायको कथालाई केही फरक शैलीमा भन्ने कला रहेको पनि यी अभिनेताले बताएका छन्,‘दुई दशकदेखि मुलधारको पत्रकारिता गर्नु भएको फुलमान सरमा कथालाई लेखनसँगै दृष्यबाट राम्ररी भन्न सक्ने गजवको कला रहेछ भन्नेकुरा चलचित्र नीरफूलबाट मैले अनुभव गर्न पाएँ । यो चलचित्र एउटा कालजायी सिनेमा बन्ने विश्वास मैले लिएको छु ।’

यो चलचित्रमा आफुल् निर्वाह गरेको भूमिका दर्शकका लागि निकै रोचक हुनसक्ने अभिनेता दयाहाङको कथन छ,‘जीवनमा मैले कहिल्यै गोठालो भएर भेडा चराएको थिईन् । भेडा चराउँदा कसरीलाई त्यसलाई माथि तिर लाने, कसरी तल झार्ने, तिनीहरुलाई कसरी नुन खुवाउन, कसरी स्याहार गर्ने भन्नेबारे त विशेष कलाको हुनुपर्दो रहेछ ।’ यो चलचित्र खेलेपछि आफुले भेडी गोठालो बन्न त्यत्ति सजिलो नभएको महसुस गरेको उनले बताएका छन्,‘गोठाले भन्ने काम बाहिरबाट हेर्दा जति सजिलो छ, गर्न त निकै गाह्रो पो हुँदो रहेछ । जीवनमा पहिलो पटक यो चलिचत्रबाट मैले भेडा गोठालेको सँघर्षपूर्ण अनुभव सँगाल्ने अबसर पाएँ ।’ जुन उनको लागि निकै रोचक बनेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!