हिपमत डटकम

शनिबार, जेठ २०, २०८० || 2536  पटक पढिएको

विराटनगर । नयाँ नागरिकता ऐन अनुसार आईतवार देखि प्रत्येक जिल्ला वाट नागरिकता वितरण हुने भएको छ । गृह मन्त्रालयले शुक्रवार ७७ वटै जिल्लाका जिल्ला प्रशासनहरुलाई आइतबादेखि नयाँ नागरिकता ऐन अनुसार नागरिकता प्रमाणपत्र वितरण गर्न परिपत्र गरेको हो । गृहको परिपत्र आएसंगै वर्षो देखि नागरिकता वाट बञ्चित भएका लाखों युवाले नागरिकता पाउने छन । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिकता विद्येयक प्रमाणीकरण गरेको थियो । सरकारले राजपत्रमा सूचना प्रकाशित भए पछि गृहले जिल्ला प्रशासन कार्यालयलाई आज नयाँ ऐन अनुसार नागरिकता वितरण गर्न परिपत्र गरेको हो ।

७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र पठाउँदै नयाँ ऐन अनुसार नागरिकता वितरण सुरू गर्न परिपत्र पठाएको गृहमन्त्रालयकी सहसचिव रूद्रादेवी शर्माले जानकारी दिईन् । उनले नयाँ कानुन अनुसार नागरिकता वितरण सुरू गर्न सबै जिल्ला प्रशासनहरूलाई परिपत्र गरेको बताएकी बताईन् । उनले भनिन्, ‘ऐन २०७८ को नियमावली अनुसार जारी भइसकेको छ । अब सोही नियमावली अनुसार नागरिकता वितरण गर्नु भनेर सबैलाई परिपत्र गरेका छौं ।’
राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित नागरिकतासम्बन्धी नयाँ ऐनले पुरानो कानुनमा मुख्यतः चार वटा परिवर्तन गरेको छ ।

गृहको परिपत्रसँगै आइतबारदेखि नयाँ कानुन अनुसार जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानले, आमाको नामबाट मात्र नागरिकता लिनेहरूले र विदेशी बाबुबाट जन्मिएका नेपाली महिलाका सन्तानले पनि नागरिकता पाउने छन् ।

नयाँ कानुन अनुसार २०७२ साल असोज ३ गते भन्दाअघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवैको नेपाली नागरिकता देखाएर १६ वर्ष पुगेपछि वंशजको नागरिकता पाउने छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!