बिहिबार, चैत्र ०६, २०७६ || 727  पटक पढिएको

कोभिड–१९ को त्राससँगै मोरङको प्रत्येक नाकामा कडा निगरानी गर्न जिल्ला प्रशासन कार्यालय मोरङले निर्देशन दिएको छ । मोरङ जिल्लाको भारतसँग जोडिएको सबै नाकामा हिजोदेखि कोरोना जाँच प्रक्रिया कडा गर्ने काम शुरु भएको सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले नेपाल–भारत ओहोरदोहोर गर्ने सीमावर्ती नाकामा सुरक्षाकर्मीसहितको स्वास्थ्य टोलीबाट कोरोना जाँच शुरु गरेको र कतिपय मानिस जाँच गर्न नमानेर भाग्न खोज्दा पक्रेर जाँच गराइरहेको उपरीक्षक कार्कीले जानकारी दिनुभयो । सबै भन्दा बढी मानिस ओहोरदोहोर गर्ने रानी भन्सारमा हिजो मात्र १४ हजार मानिस भारतबाट नेपाल छिरेको र यतिका सङ्ख्यामा आउने मानिसलाई कोरोनाको जाँच गर्न राखिएको हेल्थ डेस्कबाट काम गर्न कठिनाइ भइरहेकाले पुग्नेगरी स्वास्थ्यकर्मी, उपकरण र सामग्री व्यवस्था हुनुपर्ने निमित्त प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो । मोरङको सीमासँग जोडिएको गाउँपालिका र नगरपालिकाका प्रमुख एवं प्रशासकीय अधिकृतलाई सीमा क्षेत्रमा जाँच गर्ने व्यवस्था मिलाउन र सो सम्बन्धमा जनचेतना एवं जागरण हुने सूचना प्रवाह गर्न निर्देशन दिइएको छ । कोरोना भाइरसको त्राससँगै बजारमा हुने कालोबजारीतर्फ प्रशासनको विशेष ध्यान गएको र जनतालाई दैनिक आवश्यकपर्ने उपभोग्य सामग्री उपलब्ध गर्न सम्बन्धित कार्यालयलाई अनुगमन गर्न निर्देशन दिएको निमित्त प्रजिअ केशरीले जानकारी दिनुभयो । यो भाइरसको महामारीबाट बच्न आम नागरिक सचेत रहनुपर्ने सरसफाइमा ध्यान दिनुपर्ने र शङ्का लागेमा स्वास्थ्य परीक्षण गर्नुपर्ने भन्दै निमित्त प्रजिअ केशरीले प्रत्येक सरकारी कार्यालयमा हात धुने र सेनिटाइजर गर्ने व्यवस्था मिलाउन कार्यालय प्रमुखलाई निर्देशन पनि दिनुभएको छ । यस्तै बजारमा मास्क, ग्यास, इन्धनको अभाव हुन नदिन सम्बन्धित निकायसँग परामर्श भइरहेको र विराटनगर विमानस्थलमा कोरोना जाँच प्रक्रियालाई कडाइ र व्यवस्थित गर्न कार्यालय प्रमुख टेकनाथ सिटौलालाई निर्देशन दिनुभएको छ । प्रमुख सिटौलाले विमानस्थल आउने यात्रुसँग पु¥याउन आउने मानिस पनि विमानस्थल कार्यालय भित्रै पस्ने खोज्ने र त्यहाँ जाँच गर्ने पर्याप्त जनशक्ति नभएको र जाँचमा सहयोग गर्ने प्रहरीमा आवश्यक पर्ने सामग्री नरहेकाले समस्या हुने गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!