हिपमत डटकम

आइतबार, जेठ १४, २०८० || 7077  पटक पढिएको

विराटनगर । कोसी प्रदेशको स्वास्थ्य मन्त्रालयमा आज भएको पहचान पक्षको आन्दोलनले क्षती पुगेको छ । स्वास्थ्य मन्त्री निर्मला लिम्बूले पहिचान पक्षधर प्रदर्शनकारीको निशानामा परेको स्वास्थ्य मन्त्रालय परेको बताईन । प्रदर्शनकारीले ढुंगामुडा गरेर मन्त्रालयमा क्षति पु¥याएको जानकारी दिईन ।

ढुंगामुडा हुँदा मन्त्रालयको झ्यालका शिशा फुटेका छन् । मन्त्रालयको गाडीमा क्षति पुगेको उनको भनाई रहेको छ । मन्त्री लिम्बूको कार्यकक्षमा प्रदर्शनकारीले हानेका ढुंगा थुप्रिएका थिए । मन्त्रालय वरपर रहेका केही घरका शिशा पनि आन्दोलनकारीको ढुंगाले लागेर फुटेका छन् ।

प्रदेशसभाको आइतबार सुरु हुने दोस्रो एवं बजेट अधिवेशन बिथोल्ने उदेश्यसहित आन्दोलनमा उत्रिएका पहिचान पक्षधरले विराटनगरमा उग्र प्रदर्शन गरेका थिए । प्रदेशसभा भवन वरपरको सुरक्षा व्यवस्था कडा पारिएको थियो । तर, प्रदेशसभा भवनबाट लगभग ७० मिटरजति पूर्वतर्फ रहेको मन्त्रालय भने आन्दोलनकारीको निशानामा परेको हो ।

प्रदर्शन सुरु गर्दै आन्दोलनकारी मन्त्रालयनजिकको बाटो हुँदै प्रदेशसभा भवनतर्फ अघि बढ्न खोज्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच दोहोरो झडप भएको थियो । प्रदर्शनकारीले ढुंगामुडा गर्दै आन्दोलनलाई उग्र बनाएपछि सुरक्षाकर्मीले बल प्रयोग गरेका हुन् । त्यस क्रममा दुवैतर्फका कम्तीमा ५० जना घाइते भएको बताईएको छ ।

प्रदेशसभातर्फ अघि बढ्न नपाएका प्रदर्शनकारीले अन्दाधुन्ध ढुंगा प्रहार गर्दा मन्त्रालयमा ठूलै क्षति पुगेको छ । कति क्षति भयोभन्ने बारेमा यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । मन्त्री लिम्बूले तोडफोडका कारण मन्त्रालय अस्तव्यस्त भएको गुनासो गरेकी छन् । प्रदेशसभाको दोस्रो एवं बजेट अधिवेशनलाई सम्बोधन गर्दै उनले स्वास्थ्य मन्त्रालय आन्दोलनकारी र सुरक्षा निकाय दुवैको निशानामा परेको बताइन् । सुरक्षा दिन नसकेको भने प्रश्न उठाएकी उनले आफू दुवै पक्षबाट असुरक्षित रहेको जानकारी सदनलाई गराइन् । सरकार पक्षबाट अश्रुग्यास प्रहार भएको छ । आन्दोलनकारीले प्रदेश स्वास्थ्य निर्देशनालयको गाडी फुटाइदिएका छन् । मन्त्रालयभित्र तोडफोड गरेका छन्,’ उनले भनिन्, ‘शान्तिपूर्ण आन्दोलनलाई बिथोल्ने काम भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!