बिहिबार, चैत्र ०६, २०७६ || 799  पटक पढिएको

पोखरामा आज बिहान चितुवाको आक्रमणमा परी जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठसहित तीन घाइते भएका छन् । पोखरा महानगरापालिका–१३ मियापाटनमा बिहान ७ः०० बजेको समयमा चितुवाले आक्रमण गर्दा वन अधिकृते श्रेष्ठ, सशस्त्र प्रहरी हवल्दार ३६ वर्षीय फटिक मगरसहित पोखरा औद्योगिक क्षेत्र बस्ने वर्ष ३० का श्याम थापा घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिनुभयो । स्थानीय खगेन्द्रबहादुर गुरुङको बाथरुममा पसेको चितुवालाई निकाल्ने क्रममा एक्कासी आक्रमण गरेको बताइन्छ । वन अधिकृत श्रेष्ठ र हवल्दार थापा सामान्य घाइते भएकामा उपचारपछि घर फर्किनुभएको तथा स्थानीय थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । थापाको टाउको र पाखुरामा चोट लागेको बताइन्छ । चितुवालाई बिहान १०ः५० बजेको समयमा नियन्त्रणमा लिई वन कार्यालयको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!