संविधानमा महिलाहरुलाई कानुनी अधिकार रहेपनि व्यवहारमा नरहेको पूर्वमन्त्री राजलाल यादवले बताएका छन् ।
महिला घरेलु हिँसा, महिला हिँसा, बालविवाह, बहुविवाह, बोक्सी आरोपमा कुटपिट, बलात्कारजस्ता घटनाप्रति ईलाका प्रहरी कार्यालय लहानलाई पूर्वमन्त्री यादवले एक पत्रकार सम्मेलन गरी ध्यानाकर्षण गराएका छन् ।
चैत्त ३ गते पीडित महिला समूह लहानले जारी गरिएको विज्ञप्ती सार्वजनिक गर्दै पूर्वमन्त्रीले कात्तिक १७ गते भगवानपुर बस्ने सिरहा जिल्ला समाजवादी पार्टी संगठनको सभापति जानकी यादवलाई कुटपिट गरेको छ । बोक्सीको आरोपमा जानकीलाई स्थानीय रामेश्वर यादवलगायतले कुटपिट गरेको हो । कुटपिट गरेको जाहिरी दरखास्त उच्च अदालत राजविराजको परमादेशमा दर्ता गरेको तापनि अपराधीलाई प्रहरीले पक्राउ नगरेको आरोप छ । अपराधीलाई पक्राउ नगरी जिल्ला अदालत सिरहामा मुद्दा बुझाएको पूर्वमन्त्री यादवको आरोप छ ।
भगवानपुर ३ बस्ने रन्जनाकुमारी यादवलाई कात्तिक १७ गते कुटपिट गरि अभद्र व्यवहार गरेको घटनामा अदालतलाई बुझाउँनुपर्ने मुद्दा जिल्ला प्रशासनमा बुझाएपनि अपराधीलाई प्रहरीले पक्राउ नगरेको जारी विज्ञप्तीमा उल्लेख छ ।
यस्तै, सखुवानन्कारकट्टी ५ बस्ने कालाचन्द्र देवी यादवलाई बोक्सीको आरोपमा माघ २ गते कुटपिट गरी अमानवीय व्यवहार गर्दा पनि अपराधीलाई पक्राउ नगरेको आरोप छ ।
यसैगरी, फागुन १६ गते भगवानपुर २ बस्ने जलेश्वरी यादवलाई कुटपिट गरेका अपराधीलाई पक्राउ नगरी अपराधीकरणको मनोबल बढाउँने काम गरेको आरोप छ ।
योसँगै फागुन १७ गते यसै घटनाको बारेमा बुझ्न जाँदा अपराधीहरुले स्थानीय प्रहरीलाई अभद्र व्यवहार गर्दा पनि कारवाही नभएको जारी विज्ञप्तीमा उल्लेख छ । त्यसैगरी भगवानपुर २ बस्ने जगतारैन यादवलाई फागुन १७ गते कुटपिट गरि अभद्र व्यवहार गरेको छ । सो सम्बन्धि प्रहरीमा उजुरी दिँदा नलिएपछि पीडितपक्षले हुलाकमार्फत फागुन २३ गते ईलाका प्रहरी कार्यालय लहानमा जाहिरी दरखास्त दिएपनि हालसम्म कुनै अनुसन्धान र कारवाही नभएको जारी विज्ञप्तीमा उल्लेख छ । समाजमा यसरी महिलामाथी भइरहेको घटनाप्रति प्रहरी मौन रहेको र अपराधीलाई मनोवल बढाउँने काम भइरहेको पूर्वमन्त्री यादवको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!