हिपमत डटकम

मंगलबार, जेठ ०९, २०८० || 269  पटक पढिएको

विराटनगर । भारतीय दुई हजारको नोट आज (मे २३) देखि परिवर्तन गर्ने प्रक्रिया सुरु भएको छ ।

बैंकहरुमा गएर नोटहरू साट्न सकिने व्यवस्था भारतमा गरिएको छ । यी नोटहरू जुनसुकै बैंकमा परिवर्तन गर्न सकिन्छ ।
भारतीय रिजर्व बैंकले २००० रुपैयाँका नोट फिर्ता लिने घोषणा गरेको थियो। यी नोट मे २३ देखि सेप्टेम्बर ३० सम्म बैंकमा जम्मा गर्न वा साट्न सकिने व्यवस्था गरिएको बताईएको छ। एक पटकमा केवल दस वटा नोट साटिने जनाइएको छ। नोट साट्नको लागि कुनै अतिरिक्त शुल्क भने नलाग्ने छ ।

मे १९ मा, आरबीआईले बैंकहरूलाई तत्काल नयाँ २००० नोट जारी गर्न बन्द गर्न भनेको थियो। सोही दिन सबै बैंकलाई नोट साट्न निर्देशन दिइएको थियो ।

आरबीआईले ३० सेप्टेम्बर २०२३ सम्म २००० नोटहरू जम्मा वा साट्न सकिने बताएको छ। यद्यपि आरबीआईले यसपछि के हुन्छ भन्ने स्पष्ट पारेको छैन । यस सम्बन्धमा आरबीआईले नयाँ दिशानिर्देश जारी गर्ने सम्भावना छ।

३१ मार्च २०२३ सम्म बजारमा ३.६२ लाख करोड भारु मूल्यको २ हजारका नोट चलनमा थिए। ३१ मार्च २०१८ मा यी नोटको सबैभन्दा बढी सर्कुलेशन ६करोड ७३ लाख रुपैयाँ थियो, जुन कुल नोटको १० प्रतिशत हो ।

२ हजार को नोट पहिलो पटक नोभेम्बर २०१६ मा आरबीआई ऐन १९३४ को धारा २४(१) अन्तर्गत जारी गरिएको थियो ।

त्यतिबेला ५०० र १००० का नोट बन्द भएपछि अर्थतन्त्रमा मुद्राको आवश्यकता पूरा गर्न २ हजारका नोट जारी गरिएको थियो । (बीबीसीको सहयोगमा )

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!