हिपमत डटकम

बिहिबार, जेठ ०४, २०८० || 475  पटक पढिएको

विराटनगर – विगत केहि दिन यता मौसममा आएको परिवर्तन संगै कोशी प्रदेशको राजधानी विराटनगर स्थित कोशी अस्पतालको विरामीको चाप बढेको छ । अस्पतालको इमरजेन्सी वार्डमा भाइरल ज्वरो र झाडावान्ताका विरामी बढेसंगै अस्पतालमा विरामीको चाप बढेको हो ।
केहि दिन अघिसम्म खाली रहने इमरजेन्सीको बेड अहिले विरामीले भरिएको चिकित्सकहरुले बताएका छन । ईमरजेन्सी वार्डमा ज्वरो र झाडावान्ता देखिए भएको अधिकाश आउने गरेको छ ।

र्एमरसेन्जीका ईन्चार्ज गजेन्द्र यादवले अस्पतालमा उपचार गराउन आउने बिरामीहरुमा दम र निमोनियाको समेत समस्या देखिएको बताए । उनका अनुसार इमरजेन्सीमा बेडमा अक्सिजनको पाइपदेखि मनिटरसम्म जडान गरिएको बताए ।

बढ्दो प्रचण्ड गर्मी, खानपीनमा बेमेल नखाने, समयतालिका, चिल्लो र दुषित पदार्थको सेवनका हासिल कारण भाइरल ज्वरो, टाइफाइड, झाडा वान्ता लगायतका समस्या बोकेर दैनिक २० देखि ३० विरामी कोशीको इमरजेन्सी आउने गरेका छन् । यादवले प्रतिकुल मौसममा केहि सावधानी अपनाए झाडावान्ता, ज्वरो जस्ता समस्याबाट बच्न सकिने बताए । इमरजेन्सी कक्षलाई रेड, ग्रीन र एलो जोनमा बाँडिएको छ भने रक्तचाप, मुटुको चाल देखाउने आधा हो कि दर्जन हाराहारीका मनिटर जडान गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!