हिपमत डटकम

बुधबार, जेठ ०३, २०८० || 4374  पटक पढिएको

विराटनगर। विराटनगर महानगरपालिकाले मासु पसलको अनुगमनलाई तीव्र पारेको छ ।

महानगरवासीलाई सफा र स्वच्छ मासु सेवन गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यका साथ महानगरको टोलीले बजार अनुगमनलाई तीव्रता दिएको हो । महानगरभित्र सञ्चालित सबै मासु पसलको अनुगमन गर्ने योजनाअनुसार हरेक दिन मासु पसलको अनुगमन गर्ने गरिएको पशुपंक्षी शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिनुभयो । यसरी अनुगमन गर्दा मासु पसलमा सुधार देखिएको उहाँको भनाइ थियो ।

अनुगमनका क्रममा मासुको खपत, पसलको संख्या, मासु पसलमा रोजगारी सिर्जनाको अवस्थालगायतका बारेमा समेत तथ्यांक संकलन हुने उहाँको भनाइ छ । महानगरको टोलीले विराटनगर वडा नम्बर २ को तीनपैनी, बरगाछीलगायतका स्थानमा सञ्चालित मासु पसलको अनुगमन गरेको छ ।

टोलीमा पशुपंशी शाखाका प्रमुख यादवसहित महानगर प्रहरीका प्रमुख राजन पौडेल, डा. सराहना सुवेदी, गणेशप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो । अनुगमनका क्रममा पसलको दर्ता, नविकरण, फोहोरको व्यवस्थापनलगायतका विषयमा पनि टोलीले हेर्ने गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!