पोखरा।पोखरामा मध्य राती देखि बेपत्ता भएका एक युवकको प्रहरीले खोजी कार्य शुरु गरेको छ ।

चार दिनदेखि सम्पर्कविहिन भएका काठमाण्डौंको टोखा नगरपालिका–८ टोखा बस्ने बर्ष २८ का विश्वास अर्याल शुक्रबार साथीको बिहेमा पोखरा जाने भनेर हिँडेको थिए ।

साथीको बिहेमा बसेका उनी अबेरसम्म पार्टीमा पनि रहेको बताइएको छ । पार्टी सकिएपछि उनी कता गए भन्ने कुरा खोजि हुदै गरेको छ ।

अर्यालका आफन्तले प्रहरीलाई सम्भावित स्थानमा खोजी गर्ने आग्रह गरेकाले सोमबार पोखरा–३ नदीपुरस्थित सेती नदी खोंच आसपासमा क्षेत्रमा खोजतलास गरेको प्रहरीले जनाएको छ ।

अर्यालको खोजीमा नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी बलको उद्दार टोली खोज तलासमा परिचान भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!