रंगेली । मोरङको रंगेली नगरपालिकाकी एक महिला आर्थिक अभावमा उपचार गर्न वाट बञ्चित भएकी छीन् । रंगेली नगरपालिका –६ पिपल चोककी ३६ बर्षीय प्रमिला ताजपुरीया आर्थिक अभावका कारण उपचार वाट बञ्चित भएकी हुन ।

आर्थिक अवस्था कमजोर भएकोले बिगत २ महिना देखि रंगेली अस्पतालमा भर्ना भएपनि उपचार वाट बञ्चित भएकी हुन । पेटमा पानी जम्ने समस्याबाट ग्रसित भएकी प्रमिला रंगेली अस्पतालको शौयाम छट्पटी रहेकी छन्। दाहिने हात अपांग भएकाले समान्य मजदुरी गरेर घर चलाउदै आएकी प्रमिलाको स्वास्थ्य अचानक बिग्रिए पछि उनी हस्पतालमा छटपटी रहेकी छिन्। उनको श्रिमान देवराज ताजपुरीया गाउँ घरमा सामान्य जन मजदुरी गरेर घर खर्च चलाउदै आईरहेका छन्। गरिबीको कारण श्रीमतीको राम्रो अस्पतालमा उपचार गर्न सक्ने अवस्था न रहेको देवराजले गुनासो पोखेका छन्।

प्रमिलाको घर मा ४ वटा सा–साना छोरीहरु छन्। देवराज नानीहरुको पालनपोषणमा लागेको कारण प्रमिलाको रेखदेख उनकी आमा देवीले गरि रहेकी छिन्। प्रमिलाको बुवाको केहि बर्ष आगि मृत्यु भएकोले उनी उनको आमा संगै बस्दै आईरहेकी छिन्। प्रमिलाको पेटमा जमेको पानी दैनिकी निकाल्नु परेकोले उनलाई अस्पतालमा राखेर उपचार भईरहे पनी थप उपचारको लागि अन्य अस्पतालमा लगेर उपचार गर्न अस्पतालले सुझाव दिएको छ।

आर्थिक अवस्था कम्जोर भएकोले उनलाई अन्य अस्पतालमा उपचार गराउन नसकिएको र रंगेली अस्पतालमै उपचार गराउन बाध्य भएको प्रमिलाकी आमाले बताईन। आफ्नो छोरीको जीवन बचाई दिन र उपचार खर्च सहयोग गर्न उनले सबैलाई अनुरोध गरेकी छन्। रंगेली अस्पतालले उनको उपचारमा लाग्ने खर्च निशुल्क गरेता पनि उनको थप उपचारका लागि अन्य लैजानु पर्ने अस्पतालका मेसु अरुण भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!