दुर्घटना न्यूनिकरणका लागि मिर्चैया ट्राफिक प्रहरी पोष्टले चालकहरुका लागि एक दिने सचेतना कार्यक्रम गरेको छ । ट्राफिक प्रहरी पोष्टका प्रहरी हवल्दार विरेन्द्र प्रसाद यादवले मिर्चैया नगरपालिका वडा नं.७ स्थित ३० जना टिप्पर चालकहरुलाई भेला जम्मा गरी ट्राफिक शिक्षा दिएको जनाइएको छ । सवारी दुर्घटनाले ठूलो जनधनको क्षति भएसँगै मिर्चैया ट्राफिक प्रहरी पोष्ट मिर्चैयाले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिकले टिप्पर चालक, सह–चालक, बीच सचेतना कार्यक्रम शुरू गरेको छ । टिप्पर, ट्याक्टर र ट्रकका चालकहरुलाई ट्राफिक नियमका बारेमा सचेतना कार्यक्रम गराइएको ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी हवल्दार विरेन्द्र प्रसाद यादव बताए । बढ्दो सवारी चाप र बिगँ्रदो सडक पनि दुर्घटनाको कारक बनेकोले दुवै विषयमा चालक सचेत रहनुपर्ने ट्राफिक प्रहरीको आग्रह छ । अहिलेसम्म ट्राफिक प्रहरीले सयैं भन्दा बढीलाई सचेत गराएको ट्राफिक प्रहरी जवान लोक श्रेष्ठले जानकारी दिनुभयो । तिब्रगति, क्षमता भन्दा बढि मालसामान वोकि सवारी चलाउदा हुन सक्ने सवारी दुर्घट्ना र ओभरटेक गर्ने तरिकाका बारेमा ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिएका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरिक्षक( ईन्सपेक्टर) खगेन्द्र एक्तेनले बताए