वैदेशिक रोजगारमा जानेहरूको लागि श्रम स्वकृती दिने र श्रमिकको समस्या सुन्ने कार्यालय हो श्रम तथा रोजगार कार्यालय । उक्त कार्यालयमा सेवाग्राहीको अत्याधिक भीड हुने गर्दछ ।

विराटनगर– ३ स्थित श्रम तथा रोजगार कार्यालयको वरिष्ठ श्रम अधिकृत तथा कार्यालय प्रमुख छन्, उपसचिब प्रेम संञ्जेल । सञ्जेलले बागढोर समालेको यो कार्यालयको पहिलो तलाको मुख्य गेटमा दुई दिन यतादेखी ताला भुण्डिएको छ । संजेल कार्यालय भित्र छन् । श्रम तथा रोजगार कार्यालयको मुख्य गेटमा एक जना कर्मचारी बसेका छन् । उनले भन्दै थिए, ‘कार्यालय प्रमुख सरले कसैलाई भित्र आउन नदिनु भन्नुभएको छ ।’ संजेलको कार्यकक्ष दोस्रो तलामा छन् ।

कार्यालय परिसरमा सेवा लिन सेवाग्राही आउँदा पनि कार्यालय नखुलेपछि मंगलबार होहल्ला र नाराबाजी भएको छ । निकै बेरको नाराबाजी गर्नेमध्ये केहीले झ्यालमा हिर्काए, कसैले ढोकाबाट भित्र पस्नका लागि ढोका तान्न थाले । तर, भित्रबाट बन्द गरिएको ढोका खुलेन । सेवाग्राहीले यति होहल्ला गर्दा पनि कार्यालय भित्र संजेलसहित अन्य कर्मचारी भित्रै थिए । यहाँ भित्र रहेका कर्मचारीले सुनेझै नसुने जस्तो गरेर बसेको सेवाग्राहीको आरोप छ ।

कोरोना भाइरसको सक्रमणका कारण कार्यालयले वैदेशिक रोजगारीमा जानेका लागि दिँदै आएको श्रम स्वीकृत गत फागुन २९ गतेबाट अर्को सूचना नहुन्जेलसम्मका लागि स्थगित गरेको छ । तर, श्रम स्वीकृति बाहेकका अन्य कामको विषयमा भने सूचनामा केही भनिएको छैन । श्रम कार्यालय विराटनगरले मंगलबार दिउँसै भित्रबाट कार्यालयको ढोका बन्द गरेको विषयमा कुनै प्रतिक्रिया दिएको छैन । कार्यालयका प्रमुख प्रेम सञ्जेललाई यस विषयमा बुझन गरेको पटक– पटकको फोन उठाएनन् ।

यस कार्यालयबाट श्रम स्वीकृती उद्योग प्रतिष्ठानको अनुगमन गर्ने, उद्योगहरूले पारिश्रमिक दिएरनदिएको अनगुमन तथा कारबाही गर्ने, उद्योग प्रतिष्ठानमा युनियन दर्ता गराउने जस्ता काम हुने गरेको छ । बिना सूचना भित्रबाट कार्यालय बन्द गरेर कर्मचारी र कार्यालय प्रमुख भित्रै बसेपछि समस्या भएको सेवाग्राहीले बताए ।

मोरङको बूढीगंगा गाउँपालिकास्थित सुरभी पोलिमर्समा कार्यरत पार्वता भट्टराईले आफूलाई कम्पनीले बिना जानकारी कामबाट निकालेपछि उजुरी दिन श्रम तथा रोजागर कार्यालयमा आएको बताइन् । ६ वर्षदेखि सो कम्पनीमा काम गर्दै आएकी पार्वता सहित तीन जनालाई कम्पनीले फागुन १२ गेट प्रवेशमा रोक लगाएको थियो । त्यस विषयमा आफूले श्रम कार्यालयमा निवेदन दिएर कार्यालय प्रमुख सञ्जेल पनि भेटेर कुरा गर्न आएपनि ढोका बन्द गरिएकाले आफ्नो समस्या सुनाउन नपाएको उनले बताइन् । ‘कार्यालयमा भेट्न आएको हाकिम साब भित्र हुनुहुन्छ । ढोका खोल्नुहुन्न्,’ श्रम कार्यालय परिसरमा भेटिएकी उनले भनिन्, ‘न्याय माग्ने कार्यालयमा दिउसै भित्रबाट ढोका लगाएपछि हामी कहाँ जानु ? ।’

बिना जानकारी कार्यालय भित्रबाट बन्द गरेर मजदुर र ट्रेड युनियन सम्बन्धी काम लिएर आएकाहरूलाई कार्यालयबाट कुनै सेवा नपाएपछि बाध्य भएर नाराबाजी गर्नु परेको नेपाल ट्रेड युनियन महासंघ जिफन्टकी १ नम्बर प्रदेश सचिव निलम ढुङ्गेलले बताइन् । ‘श्रम कार्यालयले वैदशिक रोजगार सम्बन्धी कामका साथै औद्योगिक प्रतिष्ठान, मजदुरका समस्याका विषयमा समेत काम गर्छ,’ उनले भनिन्, ‘दुई दिनदेखि धाउँदा पनि कार्यालय प्रमुख सञ्जेललाई भेटन सकिएको छैन । कार्यालय आउँदा गेढमा ताल्चा झुण्डिएको छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!