बुधबार, चैत्र ०५, २०७६ || 1023  पटक पढिएको

गीतकार शंकर अधिकारी घायलको लेखन तथा  निर्देशन रहेको नेपाली कथानक चलचित्र मेरो दिल छ पोखरामा को विशेष शो धरान मंगलबार एक विशेष कार्यक्रमका विच धरानको गणेश टाकिजमा सम्पन्न भएको छ ।
नेपाली चलचित्र भित्रका विविध सकारात्मक तथा नकारात्मक गतिविधीलाई निमार्ण भएको चलचित्रलाई आम दर्शक तथा स्रोताले निकै मन पराएको चलचित्रकी प्रस्तुतकर्ता कला राई महर्जनले बताइन ।  साथै बिजि बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुती रहने नेपाली कथानक चलचित्र तक्दिरको छायाँकन  आगामी चैत्र२० गते बाट धरान र आसपासका रमणिय स्थानमा छायांकन हुने सो कार्यक्रममा घोषणा गरिएको छ  । चलचित्रमा रबि खड्का ,राजु पौड्याल ,श्रेया दुलाल,कसिस दाहाल, मेनुका माझी, गगां कुवर,लक्ष्मी श्रेष्ठ , विशाल सुनुवार ,सागर गुरु चौलागाईं ,शत्रुघन अन्सारी को अभिनय रहने भएको छ ।  कृष्ण पाण्डेको छायाँकन  , देव महर्जनको द्धन्द्ध , नृत्य राजन महर्जन ,राजेन्द्र बजगाइ र रेखा पौडेल को संगीत ,नित्याशिवा र राजेन्द्र बजागाइ को स्वर रहने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!