शुक्रबार, मंसिर २०, २०७६ || 1843  पटक पढिएको

हिपमत डटकम
झापा,२० मंसिर
झापाको मेचीनगर नगरपालिका- १२ र बुद्धशान्ती गाउँपालिका-३ को सिमानामा पर्ने धाईजन चोक स्थित मेची राजमार्गमा बलेरोको ठक्करबाट घाईते भएका बृद्धलाई अर्को गाडीले ठक्कर दिदा मृत्यु भएको छ । आज बिहान साढे ६ बजेको समयमा पैदलयात्री सोही गाउँपालिका-३ बस्ने वर्ष ७० को हरि प्रसाद न्यौपानेलाई विर्तामोड बाट ईलाम तर्फ जाँदै गरेको प्रदेश नं. १-०१/००१ ज ३४०० नंबरको बलेरोले ठक्कर दिएर लडाएको थियो । उक्त समयमै सोहि दिशा तर्फ जाँदै गरेको मे १ ज ३१९६ नंबरको गाडिले ठक्कर दिएर घाईते बनाएको थियो । घाईते उनलाई उपचारको लागी बि एण्सी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा बिहान ९ बजेको समयमा मृत्यु भएको थियो । ठक्कर दिने दुबै सवारी साधन तथा चालकहरु ईलाम नगरपालिका-१ बस्ने वर्ष २३ को ललित राई र ईलाम देउमाई नगरपालिका-१ बस्ने वर्ष ३८ को कमल राईलाई ईलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!