बुधबार, चैत्र ०५, २०७६ || 779  पटक पढिएको

पश्चिमाञ्चल होटल सङ्घ पोखराले कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिसँगै बजारमा देखिएको कालोबजारी एवं कृत्रिम अभाव रोक्नका लागि जिल्ला प्रशासन कार्यालय कास्कीको ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष विकल तुलाचनको नेतृत्वको टोलीले मङ्गलबार प्रमुख जिल्ला अधिकारी रमेश केसीलाई ध्यानाकर्षणपत्र प्रदान गर्दै मास्क, हेण्ड सेनिटाइजर, औषधि तथा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव रोक्न ध्यानाकर्षण गराएको हो । कोरोना भाइरसका कारण पर्यटन तथा होटल व्यवसायमा परेको प्रभावका सम्बन्धमा सदस्य होटल सञ्चालकबीचको छलफल तथा अन्तक्र्रियामा मास्क, हेण्ड सेनिटाइजर, औषधि तथा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव रोक्नुपर्नेमा जोड दिएको थियो । यसैगरी आगन्तुक पाहुना तथा होटलमा कार्यरत कर्मचारी र आम उपभोक्तालाई समेत असहज परिस्थिति सिर्जना हुन थालेको गुनासो सङ्घको कार्यालयमा प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष तुलाचनले कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा उत्तिकै त्रास र सङ्कट सिर्जना भएको जानकारी दिनुभयो । सरकारद्वारा घोषित नेपाल भ्रमण वर्ष २०२० मा केही राहत हुने अपेक्षा गर्दै गर्दा विश्व अर्थतन्त्रलाई नै प्रभाव पार्ने गरी देखापरेको भाइरसका कारण होटल तथा पर्यटन उद्योगमा असर पुग्न गई बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज एवं होटलमा कार्यरत कर्मचारीको पारिश्रमिकसमेत भुक्तानी गर्न सक्ने अवस्था नभएको ध्यानाकर्षणपत्रमार्फत स्मरण गराइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!