हिपमत डटकम
बिराटनगर -२० मंसिर ।
बिराटनगर स्थित अम्वे मुरारी सेवा केन्द्रले अाफ्नाे सामाजिक कार्यक्रम अन्तरगत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
केन्द्रले संचालन गरेको ” एक रुख – एक जीवन ” कार्यक्रम अन्तर्गत रंगेली नगरपालिका -३ स्थित रत्न उच्च मा.वि.मा विभिन्न जातका २ सय बिरुवा राेपिएकाे केन्द्रकी संस्थापक भारती पाेखरेलले बताइन ।
सामाजिक सेवामा समर्पित रहदै शिक्षा , स्वास्थ्य र शिपमुलक कार्यक्रम संचालन गर्दै अाएकाे केन्द्रले बिधालयमा अध्ययनरत बिद्यार्थीहरुमा रुख संरक्षणमा चेतना जगाउने उद्येश्यका साथ “एक रूख- एक जीवन” कार्यक्रम संचालन गरेको पाेखरेलले बताइन ।
कार्यक्रममा बिद्यार्थीहरुलाई रुख संरक्षणका तरिका र यसको बिनाशबाट हुने बेफाइदाका बारेमा जानकारी साथै समुदायको दायित्वका सम्बन्धमा चर्चा गरिएको थियो ।
कार्यक्रममा रंगेली -३ का वडाध्यक्ष घनश्याम पनेरू, बिद्यालयका शिक्षक, कर्मचारी र स्थानीय लगायतले राेपिएका रुखकाे संरक्षण गर्ने सामुहिक प्रतिवद्धता ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!