मंगलबार, चैत्र ०४, २०७६ || 617  पटक पढिएको
श्रीमान्को कुटाइबाट कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज एक वृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले गत आइतबार मदिरा सेवन गरी पुनर्वास–८ ‘क’ गाउँका ६३ वर्षीय सफली बयाडीले श्रीमती ६० वर्षीया खञ्जुरी बयाडीलाई लाठी प्रहार गरी कुटपिट गरेको बताउनुभयो । “श्रीमान्ले कुटपिट गरेपछि वृद्धालाई उपचारका लागि अस्पताल पनि लगिएको रहेछ”, उहाँले भन्नुभयो, “मङ्गलबार घर ल्याउने क्रममा बाटोमा मृत्यु भयो ।” हत्यामा संलग्न बयाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतक वृद्धाको शवपरीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!