मंगलबार, चैत्र ०४, २०७६ || 1525  पटक पढिएको

झापा हल्दिबारी-१ बस्ने १६ बर्षीय बिनोद लिङ्देनको ट्याक्टरले किचेर मृत्यु भएको छ । आज दिउँसो पौने ३ बजे बिर्तामोड-१० शिवालय साईरन चोक स्थित भित्री सडकखण्डमा गोलधापबाट बिर्तामोड तर्फ आउदै गरेको प्र-१-०१-००१ त ८२९९ नम्बरको ईटा बोकेको ट्याक्टरमा सवार रहेका कामदार बिनोद एक्कासी ट्याक्टरबाट लड्दा सोही ट्याक्टरले किची गम्भिर घाईते भएकोमा उनको बि.एण्ड सि. अस्पताल बिर्तामोडमा उपचारको क्रममा अपरान्ह पौने ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । ट्याक्टर र चालक झापा हल्दिबारी-३ बस्ने दिपक लिम्वु नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!