मंगलबार, चैत्र ०४, २०७६ || 870  पटक पढिएको

धरान कला, साहित्य एवं सँस्कृतिको सहर हो । धरानमा रंगमञ्चको सय बर्षे इतिहास छ । तर, यति लामो इतिहास भएको धरानमा अहिलेसम्म एउटै पनि नाटक घर अर्थात थिएटर हाल निर्माण नहुनु विडम्बनापुर्ण छ ।

हुन त यहाँ चालिसको दशकदेखि थिएटर हल बनाउन रंगकर्मीहरु कस्सिएका थिए । तर अहिलेसम्म सार्थकता पाउन सकेको छैन । हालै संघीय सासद जयकुमार राईले सांसद विकास कोषबाट नाटकघर निर्माणको लाग ४० लाख बजेट विनियोजन गरिदिएका छन् । उनले धरान १६ मा सर्दु किनारको जग्गामा नाटकघर बनाउन बजेट दिए पनि सर्दु करिडोरले गर्दा त्यहाँ निर्माण हुन सम्भव नभएपछि धरान ८ स्थित सभागृह परिसरको खाली जग्गामा बनाउन रंगकर्मीहरुले पहल गरेका थिए ।

रंगकर्मीहरुले अग्रज कलाकार प्रेम सुब्बाको संयोजकत्वमा नाटक घर पहल समिति गठन गरेका छन् । यो समितिले सभागृह परिसरमा बन्दै गरेको डिपिआरको नयाँ संरचनालाई कुनै असर नपर्ने गरी पश्चिम दक्षिण सि जोनमा नाटकघर बनाउन उपयुक्त ठहर गरेर मेयर, उपमेयरसहित सरोकारवाला सबैसँग पहल गरेको थियो । तर, अहिले केही व्यक्तिहरुबाट त्यहाँ नाटकघर बनाउन नदिन चलखेल गरेको रंगकर्मीहरुले बताएका छन् । लामो प्रयास पछि निर्माण हुन लागेको नाटक घर नबन्ने संकेत देखिए पछि आज मंगलबार धरानका रंगकर्मीहरु सडकमा निस्किए । रंगकर्मीहरुसँगै साहित्यकार, नृत्य प्रशिक्षकहरु पनि थिए । उनीहरुले अनुहारमा मास्क लगाएर हो..हो..भन्दै उपमहानगरपालिकासम्म पुगेर मेयर तिलक राईलाई ज्ञापन पत्र बुझाएका छन् ।

पहल समितिका संयोजक सुब्बाले लामो प्रयास पछि नाटकघर बन्न लागेकोले सबैले साथ सहयोग गर्न आग्रह गरेका छन् । एक देखि डेढ कट्ठासम्म नाटकघर निर्माण गर्ने भनेर बुद्धिजिवि, नेताहरुसँग छलफल हुँदा सकरात्मक कुरा आए पनि पछि केहीले विरोध गरेको बताए । धरान प्रज्ञा प्रतिष्ठानका सदस्य एवं रंगकर्मी गोपाल देवानले कला, साहित्य विरोधीहरुको विरोधले गर्दा नाटकघर नबन्ने अवस्थामा पुगेको बताए । ‘सबैसँग बसेर, कुरा गरेर समर्थन भइसके पछि थिएटर हल पहल समितिलाई निर्माण समिति बनाएर काम गर्न खोज्दा विरोध भइरहेको छ,’उनले भने ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!