आइतबार इटहरी अवस्थित चिजन्स प्यालेस स्कुलमा शैक्षिक प्रदर्शनी गरिएको छ । विद्यार्थीहरुलाई घोकन्ते विद्याभन्दा प्रयोगात्मक शिक्षामा जोड दिँदै ब्यावहारिक ज्ञान प्रदान गर्नका लागि उक्त प्रदर्शनी गरिएको विद्यालयकी प्रिन्सिपल ग्रेस आचार्यले बताइन् । उनका अनुसार प्रदर्शनीमा प्ले ग्रुपदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुको सहभागी रहेको थियो । दिनको ११ बजेदेखी ३ बजेसम्म संचालन भएको शैक्षिक प्रदर्शनीमा उक्त स्कुलमा अध्ययनरत विद्यार्थीका अभिभावक सहित विराटनगर, इनरुवा, झुम्का, तरहरादेखि इटहरी आसपासका विद्यालयका विद्यार्थी समेत प्रदर्शनी अवलोकन गर्न आएका थिए ।

प्यारेन्स डे आयोजना गरेर रमाईलो र नाचगान मात्रै गर्ने परम्परालाई तोड्दै प्यारेन्स डे नगरी विद्यार्थीहरुको अतिरिक्त प्रतिभालाई उजागर गर्ने जमर्को गरेको र प्रदर्शन पश्चात् केहि हदसम्म सफल भएको प्रिन्सिपल आचार्यको भनाई छ । प्रदर्शनीमा रोबोट, फाउन्टेन, चिल्ड्रेन पार्क जस्ता सामग्रीहरु स्कुलको सहयोगमा विद्यार्थीहरुले तयार गरेका थिए । यो संगै ज्ञान वृद्धिका लागि अन्य विभिन्न कुराहरु समेत प्रदर्शनीमा देख्न सकिन्थ्यो । यता पुर्खाहरुले दैनिक जीवनमा प्रयोग गर्ने सामाग्री जस्तैः घ्यू राख्ने हर्पे, तेल राख्ने चौंठी, मोही पार्ने काठको ठेको, मदानी, दही जमाउने काठको आरी, जातो, थुम्से लगायत परम्परागत खानाका परिकारहरु पनि तयार पारिएको थियो । उपस्थित पाहुना तथा अभिभावकहरुले उक्त खानाका स्वाद लिएका थिए ।

चिजन्स प्यालेस स्कुलमा विद्यार्थीलाई निर्धारित पाठ्यक्रममा मात्र सीमित नराखी अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराएर ज्ञान दिलाउने गरिएको छ । वर्षभरि अध्ययन गराएका कुराहरुलाई विद्यार्थीले कसरी सिके र व्यवहारमा कसरी प्रयोग गर्छन् भन्ने थाहा पाउनलाई पनि यो अवसर प्रदान गरिएको प्रदर्शनी संयोजक किरण दासले बताइन् । बालबालिका, अभिभावक तथा उपस्थित पाहुनाहरुलाई थप मनोरन्जन गराउने उद्देश्य सहित डान्सर तथा गायक तुलसी घिमिरेले गीत गाएका थिए । प्रदर्शनीको उद्घाटन निःसहाय आश्रम इटहरीकी सञ्चालिका गीता गौतमले गरेकी थिइन् । उनले विद्यालयले गरेको प्रदर्शनीबाट आफू निकै प्रभावित भएको बताइन् । प्रदर्शनीमा न्यून रकममा स:शुल्क विभिन्न खेलहरु समेत खेलाइएको थियो । त्यहाँबाट संकलित रकममा स्कुलले केही रकम थप गरेर इटहरीमा रहेको अनाथ आश्रममा रहेका बालबालिकालाई सहयोग गर्ने विद्यालयले जनाएको छ ।काठमाडौं । अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘बहाव’ यही चैत २४ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा सुरक्षाले प्रेमी, विद्रोही र साइको किसिमको चरित्रमा अभिनय गरेकी छन् ।

फिल्मको सार्वजनिक ट्रेलरमा सुरक्षालाई सुँगासँग संवाद गरेको र सुँगाको निकट रहेको देख्न सकिन्छ । चितवनमा फिल्मको दुई महिने वर्कसप र सुटिङ चल्दा सुरक्षा सुँगासँग बढी नजिकिइन् । ‘म सुँगासँग दुई महिना वर्कसपमा बसें । हामी जनावर भन्ने बित्तिकै छि छि दुरदुर गर्छौ । सुँगासँगको मेरो अनुभव केही फरक रह्यो’, सुरक्षा भन्छिन्, ‘मैले सुँगालाई निस्की भनेर पिँजडाको ढोका खोलिदिए पनि उ निस्किएन । उसमा अन्यौल थियो । उसमा डर पनि हुँदो रहेछ । उसले हाम्रो भाषा बुझ्ने भए पनि ऊ समझदार थियो । जनावरमा आफैंमा अनौठो किसिमको गुण हुँदो रहेछ । फिल्मको कथा पनि केही हिसाबमा सुँगासँग मिल्छ ।’

सुरक्षाको अनुभवमा सुरुमा सुँगा उनीसँग नजिकिएन । तर विस्तारै सुँगा सुरक्षासँग नजिकियो । ‘मसँग सुँगा सुरुमा मानेन । तर ऊसँग बस्दै बोल्दै गएपछि उसले मलाई पत्यायो । जबकी मबाहेक अन्य व्यक्तिसँग सुँग नजिकिएन’, उनी भन्छिन्, ‘बिस्तारै सुँगा मसँग यति नजिकियो कि मेरो खुट्टा वरपर नै घुम्न थाल्यो । राती सुत्दा पनि सुँगा मेरो सिराने छेउमा रहेको स्टेण्ड लाइटमा गएर खुट्टा अड्काएर सुतिरहेको हुन्थ्यो ।’

ट्रेलरमा सुरक्षाले सुँगासँग ‘तलाई उड्न मन लाग्दैन हो’भनेर सोधेकी छन् । तर सुरक्षाको अनुभवमा सुँगालाई उड्न मन लागे पनि ऊभित्र एक किसिमको डर छ । ‘सुँगामा उड्न चाहने इच्छा भए पनि उडानमा उसलाई खस्ने डर छ । अथवा उसको गन्तव्य निश्चित छैन । किनकी ऊ पिँजडाभित्रै रमाइरहेको छ’, सुरक्षा भन्छिन् ।

सुरक्षाले आफू फिल्मको अर्को सुँगा भएको दाबी गरिन् । ‘म घरबाट निस्कन चाहन्छु र तर समय तथा बाध्यताले त्यो अवस्था हुन दिँदैन । म बहावको अर्को सुँगा हुँ’, उनले भनिन् ।

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ लाई प्रमुख विषय बनाइएको फिल्ममा श्रीधर पौडेलको लगानी छ । श्रीधरले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गरेका थिए ।

फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको फिल्ममा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ ।

फिल्ममा निगम श्रेष्ठको प्रोडक्सन डिजाइन, भारद्वाजसिंह माहिदाको फस्ट युनिट डिरेक्सन, विकास ठाकुरको स्टोरी एडिटर, प्रतीक श्रीवास्तवको स्टोरी डेभलपमेन्ट एण्ड आर्ट डिरेक्सन, सम्राट खनालको साउण्ड रेकर्ड, सीमा गुरुङको मेकअप, रञ्जीत क्षेत्रीको कस्ट्युम, सनीष सचुको पोस्टर डिजाइन, सुदीप दवाडीको मार्केटिङ स्ट्राटेजी, निर्वाना फिल्म स्कुलको प्रोडक्सन मेनेजमेन्ट र सिने जोनको पोस्ट प्रोडक्सन मेनेजमेन्ट छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!