हिपमत डटकम

बुधबार, चैत्र ०८, २०७९ || 10562  पटक पढिएको

विराटनगर। पशुपति शिक्षा मन्दिरका प्रधानाचार्यहरुको ” प्रधानाचार्य प्रशिक्षण वर्ग – २०७९ तथा वार्षिक कार्य योजना बैठक २०७९ , चैत्र ३ गते देखि ६ गते सम्म चार दिवसीय कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो ।

यस कार्यक्रममा नेपाल भरिको दार्चुला देखि झापासम्म रहेका २७ वटा पशुपति शिक्षा मन्दिरका प्रधानाचार्यहरुको उपस्थिति रहेको थियो । साथै यस संग सम्बन्धित अन्य विशेष व्यक्तिहरू समेतको उपस्थिति रहेको थियो । समाजका प्रतिष्ठित एवम् वरिष्ठ समाज सेवी श्री देवकिशन मून्दडाको प्रमुख आतिथ्यतामा समुद्घाटित यस कार्यक्रमको सभाध्यक्षमा पशुपति शिक्षा मन्दिर कटहरी, विराटनगरका अध्यक्ष रहनु भएको थियो ।

पशुपति शिक्षा मन्दिर, कटहरीका उपाध्यक्ष श्री देवेन्द्र गुप्ताद्वारा स्वागत मन्तव्य व्यक्त गरिए पश्चात राष्ट्रिय गान ,दीप प्रज्वलन , अतिथिहरु द्वारा पुष्पार्पण, मातृ प्रणाम तथा सरस्वती वन्दना गरिएको थियो। इस कार्यक्रमको मुख्य वक्ता, संगठन मन्त्री पूर्वी उत्तर प्रदेश लखनऊ भारतका श्री हेमचन्द्रजीबाट कार्यक्रमको महत्ता र उपादेयता माथि प्रकाश पारिएको थियो । अतिथिको रूपमा यस विद्यालयका पूर्व अध्यक्ष श्री मोहनलाल शर्मा, सल्लाहकार श्री श्याम पौडेल, साथै शैक्षिक गुठी संस्थापन प्रमुख श्री नागेश्वर सिंह समेतको उपस्थिति रहेको थियो । यसको साथै कटहरी गाउँपालिका का मेयर श्री देवराज चौधरी तथा उपमेयर श्रीमती सीतादेवी राजवंशी एवम् वडा न. १ र २ का वडा अध्यक्षहरु समेतको उपस्थितिमा समापन गरिएको यस कार्यक्रमको पहिलो दिन उद्घाटन , उद्देश्य , प्रतिवेदन , विद्यार्थी शिक्षक मञ्च गठन सम्बन्धी प्रशिक्षण, ,शैक्षिक पञ्चाङ कार्यान्वयन सम्बन्धी प्रशिक्षण रहेको थियो ।

त्यस्तै दोस्रो तेस्रो र चौथो दिनका कार्यक्रमहरु क्रमश ः हिन्दु स्वयसेवक संघ विचार परिवार संघ समन्वय , प्रधानाचार्यहरुको काम , कर्तव्य बारे प्रशिक्षण , कार्यालय अभिलेख , शिशु वाटिका ,शारीरिक एवम् योग शिक्षा , पाठ्यक्रम , शिक्षण विधी , प्रश्न पत्र निर्माण एवम् मुल्यांकन , वार्षिक कार्य योजना २०८० , विज्ञान शिक्षण, अंग्रेजी विषय शिक्षण , स्थानिय सरकार नगरपालिका र गाँउपालिकासंग समन्वय, केन्द्रीय सुचना र साहित्य वितरण आदि कार्यक्रम सम्पन्न भयो ।

यस्तै चौथौ दिन वर्तमान परिवेशमा यस पशुपति शिक्षा मन्दिर सम्बन्धी विशेष प्रशिक्षण पशुपति शिक्षा प्रसार समिति नेपालका केन्द्रीय अध्यक्ष , नेपाल सरकारको पुर्व शिक्षा सचिव एवम् राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा ज्युुले दिएका थिए । साथै यस चार दिने कार्यक्रमको सम्पुर्ण व्यवस्थापन पशुपति शिक्षा प्रसार समिति नेपालका संगठन सचिव श्री वासुदेव ज्युले गर्नु भएको थियो ।

पशुपति शिक्षा प्रसार समिति नेपालका सह सचिव श्री भुवनचन्द्र जी पंगेरियाको सञ्चालन रहेको यस कार्यक्रमको सभाध्यक्ष श्री बेनीगोपाल मूून्दडा ज्यूले यस कार्यक्रमलाई सफल पार्न आमाको माया छात्रावास विराटनगरका विद्यार्थी एवम् यस विद्यालयका शिक्षक शिक्षिका तथा कर्मचारीहरुको महत्वपुर्ण भूूमिका रहेको भन्नु हुदै यस कार्यक्रममा पाल्नु भएका सम्पुुर्ण उपस्थित महानुुभावहरुलाई धन्यवाद ज्ञापन गरी चार दिने कार्यक्रमको समापन गर्नुुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!