हिपमत डटकम

मंगलबार, चैत्र ०७, २०७९ || 26816  पटक पढिएको

चैत २ देखि सुरु भएको छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) नेपाली फिल्म तर्फ ‘ऐना झ्यालको पुतली’लाई उत्कृष्ट घोषणा गर्दै सम्पन्न भएको छ । नेपाली फिल्म तर्फ चलचित्र प्रकासबाट प्रदिप खड्का र दिया मास्के उत्कृष्ट अभिनेता तथा अभिनेत्री घोषित भएका छन् ।

समापन कार्यक्रममा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले चलचित्रको महत्वमाथि प्रकास पार्दै भने –सिनेमाले डिप्लोम्यासी रोल गर्छ । उनले निफलाई सक्दो सहयोग गर्ने वचन समेत दिए । समापन कार्यक्रममा अभिनेत्री गौरी मल्ल, प्रियंका कार्की, नम्रता श्रेष्ठ चलचित्रकर्मीहरु प्रकास सायमी, प्रदिप कार्की तथा धेरै नाम चलेका चलचित्रकर्मीको उपस्थिति रहेको थियो ।

निफका अध्धयक्ष केपी पाठकले निफ सफलताको कथा सुनाएका थिए । उनले आगामी निफ अझ शसक्त रुपमा सम्पन्ने गर्ने बताएका थिए ।

३५ देसका ९५ प्रतियोगी चलचित्र प्रतियोगी रहेको फेष्टिभलमा विभिन्न विधामा १३ अवार्ड प्रदान गरिएको थियो ।

५ दिनसम्म चलेको निफमा ९ वटा सेसन र तीनवटा मास्टर क्लास सम्पन्न भएका थिए । प्रो.डा. इतामी ब्रोजन (क्रोसिया), प्रेमेन्द्र मजुमदार (भारत) र लि. रान (चाइना)ले मास्टर्श क्लास सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!