हिपमत डटकम

शुक्रबार, चैत्र ०३, २०७९ || 8658  पटक पढिएको

सरिता कर्मकार
विराटनगर । विराटनगर महानगरपालिकामा चैत्र ९ गते हुन गइरहेको विराट गोल्डकपको तयारी अन्तिम चरणमा पुगिसकेको छ । तयारीको काम ८० प्रतिशत भइसकेको साथै ४ दिन भित्रमा सम्पुर्ण तयारी भइसक्ने इभेन्ट म्यानेजर सरोज लम्साले बताए ।

विराटनगरको शहिद रंगसालामा हुन गइरहेको खेलको लागि फिल्डको निमार्ण कार्य भइरहेको छ । खेल ६ :३० देखि ७ बजे भित्रमा सुरु हुने छ । खेलको उद्घाटन संस्कृतिक कार्यक्रम नाँच गाँन बाट सुरु हुने छ । खेल हेर्नको लागि २०० रुपैँयामा टिकेटको व्यवस्था रहेको लम्सालले बताए । मैदानमा जादा पैसा र मोबाइ मात्र लग्न पाइने छ साथै खानेकुराको लागि मैदान भित्रै सुपत मुल्यमा किन्न पाइने व्यवस्था रहेको उनले जनाकारी दिए ।

यस वर्ष खेलमा दर्शकहरुलाई राम्रो मनोरन्जन गराउनका लागि अन्य वर्षको भन्दा राम्रो डि.जे को व्यवस्था रहने लम्सालले बताए । राष्ट्रिय देखि अन्तराष्ट्रिय स्थारका कलाकारहरुको पनि मनोरन्जनका लागि उपस्थित हुने उनले जानकारी दिए । मैदानको पुर्व तर्फ दर्शकहरुको लागि दुई वटा ठुला स्क्रिन राखिने भएको छ, साथै पत्रकारहरुको लागि छुट्टै बस्ने ठाँउ संगै फ्रि वाइफाइको व्यवस्था रहने छ । खेल मैदान भित्र राम्रो सुरक्षाको व्यवस्थापन हुने लम्सालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!