खबर ठुलो छ

हिपमत डटकम
संखुवासभा ,मंसिर २०।
संखुवासभाको मकालु गाउँपालिका-५ आम्राङमा रहेको अरुण तेस्रो जलविद्युत आयोजनाको अडिट टु सुरुङ भित्र काम गर्ने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर ३ जना कामदार घाईते भएका छन् । आज बिहानको राती साढे २ बजेको समयमा देश भारत आसाम नलबारी बस्ने वर्ष २३ को भाजिदिन अली, देश भारत जिल्ला बर्बता बस्ने वर्ष २६ को हस्तम अली र देश भारत जिल्ला अलिकाद्वार बस्ने वर्ष २८ को अबुद कर माथिबाट झरेको ढुङ्गाले लागेर गम्भिर घाईते भएका हुन् । घाईते तिनैजनाको जिल्ला अस्पताल खाँदबारीमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया