बिराटनगरको कोशी अञ्चल अस्पतालमा आजदेखि आइसोलेसन रुम तयार भएको छ। प्रारम्भिक चरणमा ३ वटा क्याबेनामा ६ बेडको तयारी गरिएको छ भने आवस्यक परे यसलाई १२ बेडको बनाउने अस्पतालका मेसु संगीता कौशल मिश्रले जानकारी दिए । भरसक अब हामीले कोरोनाको आसंका गरिएको बिरामीलाई बाहिर पठाउदैनौ यहि उपचार गराउने प्रयास गर्छौ हामीले सकेनौ भने मात्र बाहिर पठाउछौ उनले भने । आजदेखि कोशी अञ्चल अस्पताल प्रवेश गर्दा अस्पतालको गेटमा स्क्रीनिङ गरिने छ ।
स्क्रीनिङ बाट कुनै व्यक्तिमा ज्वरो आएको नआएको जानाकरी लिएर मात्र अस्पताल प्रवेश गराईने छ। ज्वरो आएको बिरामीहरुलाई एउटा छुट्टै रुमको व्यवस्थापन गरेर त्यहि रुममा राखेर प्रारम्भिक चेकचाज गरिने छ। अस्पतालमा सबै डाक्टर तथा नर्सहरुको जिम्मेवारी बाडफाड भैइसकेको तथा डाक्टर तथा नर्सहरुले उपचार गर्ने क्रममा लगाउने पोशाक तथा उपकारको पनि व्यवस्था गरिसकेको अस्पतालका फोकल पर्सन डाक्टर डीन प्रसाद आचार्यले जानकारी दिए । साथै उपचारमा संलग्न हुने सबै डाक्टर तथा नर्सहरुलाई बिशेष तालिम समेत दिरहेका छौ डाक्टर डेन प्रसाद आचार्यको भनाई छ।