कोरोना भाइरसको संक्रमणको रोकथामका लागी रंगेली नगरपालिकाले पुर्व तयारी थालेको छ ।
रंगेली नगरपालिकाको दैवि प्रकोप उद्दार समितिको सोमबार आकस्मीक बैठक बसेर ८ बुदे निर्णय गर्दै कोरोना भाइरस नियन्त्रणका लागी तयारी थालेको हो ।
समितिले रंगेली अस्पतालमा २४ घण्टा भित्र ५ बेडको आइसोलेसन वार्ड तयारी गरी सञ्चालनमा ल्याउने सहित भारतिय सिमा नाका संग जोडिएको आमगाछी र चोप्राह नाका गरी ८ स्थानमा आवश्यक सामाग्रीहरु सहित हेल्प डेक्स राख्ने, नगरस्तरीय घुम्ती टोली राख्ने, जनचेतना जगाउन वडास्तरी समिति गठन गर्ने निर्णय गरेको छ ।
समितिले हेल्पडेक्सहरु र घुम्तीटोलीका लागी आवश्यक स्वास्थ्यकर्मीहरुको अभाव हुन नदिन १ महिनाका लागी २० जना स्वास्थ्यकर्मी राख्ने समेत निर्णय गरेको छ ।
सर्वसाधारणहरुको भिड रहने सरकारी कार्यालयहरु बाहिर अनिवार्य साबुन पानिले हातधुने व्यवस्थापन गर्न अनुरोध गर्ने सहित उपमेयरको नेतृत्वमा अनुगमन गर्ने जिम्मेवारी सहितका निर्णय भएको मेयर दिलिप वगडीयाले जानकारी दिए । मेयर वगडीयाको अध्यक्षतामा बसेको दैवि प्रकोप उद्दार समितिको बैठकमा जनप्रतिनिधि, रंगेली अस्पतालका चिकित्सक, रेडक्रसका प्रतिनिधि,स्थानिय सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मीहरुको समेत उपस्थिती रहेको थियो । साथै समितिले कोरोना भाइरसको सक्रमणको जोखिमलाई ध्यानमा राख्दै सार्वजनिक सभा तथा कार्यक्रमहरु नगर्न तथा भिड हुलहरुमा भेला जम्मा नहुन समेत अनुरोध गरेको छ ।