हिपमत डटकम

आइतबार, फाल्गुण २८, २०७९ || 12818  पटक पढिएको

विराटनगर : युनिभ मोर्डनयरा कलेजले मोरङ जिल्लास्तरीय अन्तरकलेज भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ । विराटनगरको पुष्पलाल चौकको खेल मैदानमा आइतबार भएको फाइनल खेलमा मोर्डनयराले इडनबर्ग कलेजलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

सुरुवाती दुई सेटमा सहजै जीत निकालेको मोर्डनयराले तेस्रो सेटमा भने कठिन जीत निकालेको थियो । मोर्डनयराले २५–१३, २५–१४ र २५–२३ को सोझो सेटमा जीत निकाल्दै विजेता बनेको हो ।

जीतसँग मोर्डनयरा कलेजले नगद ३१ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उवविजेता बनेको इडनबर्ग कलेजले नगद २१ हजारमा चित्त बुझाएको छ ।

प्रतियोगिताको विजेता टिमलाई कार्यक्रमका प्रमुखअतिथि तथा कोशी प्रदेशका खानेपानी सिचाइ तथा उर्जामन्त्री तीलकुमार मेन्याङ्वोले पुरस्कार तथा शिल्ड हस्तान्तरण गरेका थिए । यस्तै उपविजेता टिमलाई नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष तथा मदन भण्डारी स्पोर्ट्स एकेडेमी कोशी प्रदेशका पूर्व अध्यक्ष सागर थापाले पुरस्कार तथा शिल्ड हस्तान्तरण गरेका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका मोर्डनयराका रविन गौतमले नगद १० हजार प्राप्त गरेका छन् । यस्तै उत्कृष्ट स्पाइकरमा इडनबर्गका सुमन बुढाथोकी, उत्कृष्ट सेटरमा मोर्डनयराका दमन खवास, उत्कृष्ट सर्बरमा मोर्डनयराका पुकार तामाङ, उत्कृष्ट लिब्रोमा मोर्डनयराका योगेश राई, उत्कृष्ट ब्लकरमा इडनबर्गका विराज थापा र उदयमान खेलाडीमा इडनबर्गका सुसन धिमाललाई पुरस्कृत गरिएको थियो । उनीहरुले जनही ५–५ हजार प्राप्त गरेका छन् ।

मदन भण्डारी स्पोटर्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजनामा गत बिहीबारबाट सञ्चालन भएको प्रतियोगितामा ९ टिमले सहभागीत जनाएको खेल संयोजक नवराज नेपालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!