हिपमत डटकम
विराटनगर ,मंसिर २०।

आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्ण गिरीलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो ।

जिल्ला अदालत, सुनसरीले सिद्धबाबामाथि अनुसन्धान गर्न प्रहरीलाई मङ्सिर १६ गते ४ दिनको म्याद थप गरेर अनुमति दिएको थियो । सिद्धबाबा आइसियुमै उपचारार्थ रहेकाले म्याद थप पछि पुनः बाबालाई अस्पताल नै पुर्‍याएको थियो ।

जिल्ला अदालत सुनसरीले म्याद थप गरेर दिएको ४ दिनको समय आज समाप्त भएको छ । उनलाई आज विहान विराटनगर स्थित विराट नर्सिङ होमबाट प्रहरीले नियन्त्रणमा लिएर जिल्ला अदालत सुनसरीमा उपस्थित गराउने भएको छ । उनलाई एम्बुलेन्समा हालेर जिल्ला प्रहरी कार्यालय सुनसरीले आज अदालतमा उपस्थिति गराउने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रबक्ता तथा डिएसपी विनोद शर्माले जानकारी दिए ।

उनलाई मङ्सिर १६ गते विराट नर्सिङ होमकै को १ च ४०७३ नम्बरको एम्बुलेन्स मार्फत अदालत उपस्थित गराइ पुन नर्सिङ होमै फर्काइएको थियो । अदालतका जिल्ला न्यायधिस धर्मराज पौडेलको इजलासमा म्याद थपका लागि प्रहरीले पेस गरेको थियो । गत कात्तिक ४ गते बलात्कार गरेको महिलाको उजुरीपछि प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको हो । यता कृष्णदासले भने आरोप झुट्टो भएको दाबी गर्दै आएका छन् । उनको आवाजमा सार्वजनिक भएको फोन अडियो फेक भएको समेत उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!