हिपमत डटकम

बिहिबार, फाल्गुण २५, २०७९ || 3705  पटक पढिएको

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अन्तिम त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध ब्याटिङ गरिरहेको छ ।

टीयू मैदानमा टस हारेपछि नेपाली टोलीले पहिले ब्याटिङ गर्ने निम्तो पाएको हो । कुशल भुर्तेल र आशिफ सेखको पुरानै जोडीले ओपनिङ गरेका छन् । यसअघि यूएई शृङ्खलामा चोटका कारण सबै खेल खेल्न नपाएका कुशल भुर्तेल आज प्लेइङमा परेका हुन् ।

यूएईबाटै ओडीआईमा डेब्यु गरेका प्रतिश जिसी भने बेन्चमा रहने छन् । यसअघि भएका दुई शृङ्खलामा नेपालले लगातार पीएनजीलाई पराजित गरेको थियो ।

नेपाल यो शृङ्खलाका सबै चार खेल जित्ने लक्ष्य राखेको छ । यसअघि टियू मैदानमा शृङ्खला क्लिन स्वीप गरेको नेपाली टोली यसपटक पनि दोहोर्‍याउन चाहन्छ ।

यो शृङ्खलाका चार खेल जिते नेपालले शीर्ष तीनमा रहेर वर्डकप क्वालिफायर खेल्न पाउने छ । शृङ्खलामा नेपालले पीएनजी र यूएईसँग दुई/दुई खेल खेल्नेछ ।

नेपालको प्लेइङ ११

सन्दीप लामिछाने ,आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, भिम शार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, करण केसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!