हिपमत डटकम

सोमबार, फाल्गुण २२, २०७९ || 1070  पटक पढिएको

आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले आज घरेलु टोली युएईसँग खेल्दैछ।

खेल नेपाली समयअनुसार मध्याह्न ११:४५ बजेबाट दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरू हुनेछ। लिग टुमा यूएईविरुद्ध नेपालले जित हात पार्न सकेको छैन। त्यसैले लिग टुमा आज यूएईलाई पहिलोपटक पराजित गर्नु नेपालको लक्ष्य हुनेछ।

शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्ने आशा कायमै राख्न नेपालले घरेलु टोली युएईलाई हराउनैपर्ने हुन्छ। तर लिग-२ मा नेपालले युएईलाई हालसम्म हराएको छैन। लिग २ मा नेपाल र युएईबीच तीन खेल हुँदा सबै खेलमा घरेलु टोली युएई विजयी भएको छ।

नेपालाई शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता बचाउन अब बाँकी ५ मध्ये तीन खेल जित्नुपर्ने हुन्छ। युएईलाई पनि शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न नेपाललाई हराउनैपर्ने दबाब छ। युएईलाई ओडिआई मान्यता सोझै जोगाउन नेपाललाई जस्तै तीन जित आवश्यक देखिन्छ।

यसअघि नेपाल पहिलो खेलमा युएईसँग ६८ रनले पराजित भएको थियो । जितको लागि २ सय ८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल खराब ब्याटिङ गर्दै १३९ रनमा अलआउट भएको थियो । ६८ रनको फराकिलो अन्तरले पराजित भएको नेपाल जितका साथ यूएई भ्रमण टुंग्याउने लक्ष्यमा छ।

पछिल्लो खेल नेपालले गत शुक्रबार पीएनजीसँग खेलेको थियो। पीएनजीसँगका दुवै खेलमा नेपाल विजयी भएको थियो। यदि आज यूएईलाई हराए अंक तालिकाको शीर्ष तीनको सम्भावना कायमै रहनेछ। नेपालको ३१ खेलबाट ३० अंक छ । यूएईमाथि जित हात पारे नेपाल तालिकाको पाँचौं स्थानमा उक्लनेछ।

ओपनर कुशल भुर्तेलले आजको खेल गुमाउनेछन्। उनको ग्रोइङमा चोट लागेको छ। कुशललाई सन्दीप जोराले प्रतिस्थापन गर्नेछन्। यूएईपछि नेपालले घरेलु मैदानमा फागुन २५ देखि यूएई र पीएनजीसँगै लिग टुको अन्तिम सिरिज खेल्नेछ। बाँकी पाँचमध्ये तीन खेल जिते नेपालको ओडीआईले निरन्तरता पाउनेछ भने सबै खेल जिते शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्नेछ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!