हिपमत डटकम
विराटनगर ,मंसिर २०
मोरङका पाँचवटा स्थानीय तहसँग मिलेर प्रदेश १ सरकारले सिंघीया खोलाको संरक्षण र सरसफाई गर्ने भएको छ ।
सिंघीया खोलाको सफाई अभियान, हामी सबैको शान’ भन्ने मूल नाराका साथ आगामी शनिबारबाट अभियानको थालनी गरिने भएको हो । विराटनगर महानगरपालिका तथा कटहरी, बूढीगंगा, ग्रामथान र जहदा गाउँपालिकासँग सहकार्य गर्दै प्रदेशको सामाजिक विकास मन्त्रालयले नौलो अभियानको थालनी गर्ने भएको छ ।

विराटनगरको पुष्पलाल चौक पूर्वको घिनाघाटदेखि खोलो सफाई अभियान सुरु हुने मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद अधिकारीले बताउनु भयो । उहाँकाअनुसार सरकारी तथा गैरसरकारी संघ संस्था, निजी क्षेत्र, सुरक्षा निकाय, स्वास्थ्य क्षेत्र, सामाजिक अभियन्ता लगायत सबै पक्ष एवं समुदायको सामूहिक सहभागितामा अभियानको थालनी गरिने छ । कार्ययोजना बनिसकेका कारण यसलाई निरन्तरता दिइने अधिकारीले बताउनु भयो ।

अभियान अघि बढाउन सामाजिक विकास मन्त्री जीवन घिमिरे संयोजक र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली सह–संयोजक रहेको मूल समिति बनाइएको छ । समितिमा विभिन्न स्थानीय तहका प्रमुख, विराटनगर–१, २, ७, ८, १४, १८ र १९, जहदा–१ र २, बूढीगंगा–१ तथा कटहरी –१, २, ३ का वडा अध्यक्ष, सरकारी कर्मचारी, सुरक्षा अधिकारी लगायत सरोकारवाला निकाय प्रतिनिधि छन् । साथै उक्त खोलाको सीमांकन तथा ऐलानी र पर्ति जग्गा पहिचानका लागि नापी कार्यालय मोरङका अधिकृतको संयोजकत्वमा पाँच स्थानीय तहका अमिनहरु सदस्य रहने ६ सदस्यीय सीमांकन एवं नापजाँच समिति बनाइएको छ ।

सरसफाईका लागि मन्त्रालयले एक सय ७० जोर गम्बुट, एक सयवटा डोको, एक हजार पाँच सयवटा माक्स, पाँच सयवटा डिस्पोजेवल पञ्जा, खानेपानी, माइक तथा स्पिकरको व्यवस्था गर्ने छ । महानगरपालिकाले सात सयवटा एप्रोन, एक सयवटा फोहोर तान्ने काँटा, २० वटा बेल्चा, २० वटा दविया, ५० वटा कचिया, २० वटा फोरुवा, २० वटा डस्बिन र २० पिस डोरी उपलब्ध गराउने छ । त्यस्तै संकलित फोहोर व्यवस्थापनका लागि फोहोर उठाउने र डम्पिङ साइडसम्म पुर्याउने सवारी साधनको व्यवस्था महानगरले गर्ने छ । कटहरी गाउँपालिकाले दुई सय जोर गम्बुट, छ सय जोर पञ्जा, बूढीगंगाले ६५ जोर गम्बुट, जहदाले ५० वटा फोहोर तान्ने काँटा र ग्रामथान गाउँपालिकाले ६५ जोर फोहोर तान्ने काँटाको व्यवस्थापन गर्ने छन् ।

सफाईका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मेयर पराजुलीले सरससफाई महाअभियान सन्देशमुलक र जनचेतनामुलक हुने बताउनु भयो । अल्पकालिन, मध्यमकालिन र दीर्घकालिन योजनासहित खोलो सफाई अभियान सुरु गर्न लागिएको जानकारी उहाँले दिनु भयो । संकलित फोहोर डम्पिङ साइडसम्म लगेर व्यवस्थापन गरिने पराजुलीको भनाइ छ । मन्त्री घिमिरेले अत्यधिक प्रदूषण बढेपछि पहिलो चरणमा घिनाघाटदेखि भाथिगछ पुलसम्मको १० किलोमिटर क्षेत्र सफाई गरिने बताउनु भयो । सफाईका हिसावमा प्रदेशमा जागरण ल्याउन लागिएको उहाँको भनाइ छ । यसपछि पूर्वका सहरसँग जोडिएको र प्रदूषित बनेका खोलाहरु सफाई गरिने मन्त्री घिमिरेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!