सोमबार, चैत्र ०३, २०७६ || 505  पटक पढिएको

अज्ञात समूहले म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा स्काभेटर र ब्याकुहोलोडरमा आगजनी गरेका छन् । क्याराभान कन्ट्रक्सनले बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत लाम्पाटा–दरवाङ खण्डको सडक स्तरोन्नतिमा प्रयोग गरेको ती सामग्रीमा गएराती आगजनी भएको हो । आगजनीबाट ब्याकुहोलाडरको सबै भाग जलेर नष्ट भएको र स्काभेटरको आधा भाग जलेपछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । प्रहरी, जनप्रतिनिधि र निर्माण कम्पनीका प्रतिनिधिले आगो निभाएका थिए । आगजनी कसले के कारणले गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । सडकको नजिकै पार्किङ गरेका निर्माण उपकरण आगजनी भएको सो कम्पनीका सञ्चालक सोमनाथ थकालीले बताउनुभयो । उहाँका अनुसार आगजनीबाट रु एक करोडभन्दा बढीको क्षति भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत लाम्पाटादेखि दरवाङ जोड्ने छ किलोमिटर सडक कालोपत्रे गर्न सो कम्पनीले गत जेठमा ठेक्का लिएको थियो । म्याग्दीमा यसअघि गत साउनमा बेनी नगरपालिका–५ बगुवाखोलामा बिएन कन्ट्रक्सनका तीन वटा स्काभेटरमा अज्ञात समूहले आगजनी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!