हिपमत डटकम
रबिन्द्र बराल
विराटनगर ,मंसिर २० ।
माेरङकाे रंगेली नगरपालिका ७ मा हालै स्थापन भएको चेलिबेटी समाज द्वारा प्रत्येक बर्ष झै यस बर्ष पनि समानताकाे पुस्ता बलात्कार विरुद्धकाे एकबद्धता भन्ने मुल नाराका साथ १६ दिने अन्तर्राष्ट्रिय दिवस काे अवसर पारेर रंगेली मा
सचेतना मुलक प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम काे आयोजना गरेको छ । २८ अाै महिला हिंसा बिरुद्ध अन्तका लागि १६ दिने अन्तराष्ट्रिय कार्यक्रम अन्तर्गत -याली पछि अभियान अन्तर्गत महिला हरुले रंगेली नगरपालिका काे कार्यलय देखि निकालेको -याली रंगेली बसपार्क ,अस्पताल चाैक, कालिमंन्दिर प्राङ्गण हुदै बजार परिक्रमा गरेर नगरपालिका काे सभाहलमा आएर
-यारी सम्पन्न भएको थियो । उक्त -यालीमा नगरपालिका का उप मेयर , बडा अध्यक्ष , बिध्यार्थि, स्थानीय, विभिन्न संस्था का प्रतिनिधि लागयतकाे
सहभागीता रहेको थियोे ।
उक्त -यालीमा बाल बिवाहा सामाजिक अपराध हाे, दाईजाे प्रथा अन्त्य गर ,घरेलुु हिंसा अन्त्य गर , महिला हिंस विरुद्ध एक हाै , बलत्कारी लाई कार्वाही गर,छाेरी लाई दाईजाे हाेईन शिक्षा देऊ, छाेरा र छाेरी भेदभाव गर्ने पाईदैन जस्ता प्लेकार्ड बाेकेर बजार परिक्रमा गरेका थिए । उनिहरुले सहभागी हरुलाई अन्तरक्रिया समेत गराएका थिए । कार्यक्रम काे प्रमुख अतिथि नगरपालिका उपमेयर केशव कुमारी खराल, कार्यकारी अधिकृत टाेम प्रसाद सुवेदी ,ईलाका प्रहरी कार्यलयका रंगेली का सहायक निरिक्षक सुरेन्द्र बस्नेत , बडा अध्यक्ष रामचन्द्र मंन्डल, अधिबक्ता कला त्रिताल,अधिबक्ता सीता पाैडेल ,ईन्सेक का कार्यकारी अधिकृत बागमता कट्टेल, अाेरेक नेपाल का प्रतिनिधि , चेलिबेटी समाज का अध्यक्ष उषा झा ठाकुर लगायत काे उपस्थित समेत रहेको थियो ।
कार्यक्रम का प्रमुख अतिथि ले भने रंगेली नगरपालिका मा रहेको चेलिबेटी समाज ले महिला हिंसा काे कार्यक्रम सन्चालन गरेकाे मा अाफु खुशि रहेको बताईन । चेलिबेटी समाज नेपाल काेे आयााेजना तथा मानव अधिकार समूह रंगेली ,ईलाका प्रहरी कार्यलय रंगेली ,संन्सारीमाई फेडरेसन रंगेली , लाली गुराँस अामा समूह रंगेली , सृजनसिल अामा समूह अामताेला लागयत अाधा दर्जन संस्था हरुकाे सह अायाेजनामा र रंगेली नगरपालिका काे सहयोग मा उक्त कार्यक्रम गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!