हिपमत डटकम

शुक्रबार, माघ २७, २०७९ || 4628  पटक पढिएको

विराटनगर। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शिक्षाको विकास बिना अन्य क्षेत्रको विकास सम्भव नभएको बताएका छन् ।

२९ औं अभिभावक दिवसका अवसर पारेर विराटनगरस्थित एभरेष्ट सेकेण्डरी स्कुलले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले विकासको जग शिक्षा भएकाले महानगरले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे ।

मेयर कोइरालाले सामुदायिक र संस्थागत विद्यालयलाई सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिए । सीपमूलक र व्यवहारिक शिक्षा नदिएसम्म उत्पादित जनशक्तिले रोजगारी पाउन नसक्ने उनको भनाइ थियो । दक्ष जनशक्तिले मात्रै विश्वका जुनसुकै कुनामा गए पनि रोजगारी पाउने मेयर कोइरालाले बताए ।

कार्यक्रममा विद्यालयका प्राचार्य टीकाराम पुरीले शैक्षिक क्षेत्रमा लागेका व्यक्तिले जहिले पनि सत्य कुरा मात्रै बोल्ने गरेको दाबी गरे । कार्यक्रममा लामो समयदेखि विद्यालयमा कार्यरत घननाथ आचार्य, सशीलकुमार शाही र सुनिता परजुलीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सो अवसरमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्य तथा कला प्रस्तुत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!