हिपमत डटकम

बुधबार, माघ २५, २०७९ || 9458  पटक पढिएको

विराटनगर। लोकप्रिय हाँस्य कलाकार मनोज गजुरेलले विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोका सवै स्टलहरुको स्थलगत अवलोकन गरेका छन् । कलाकार गजुरेलले मंगलबार साँझ आफ्नो प्रस्तुति समेत दिएका थिए ।

उनले उद्योग व्यवसायको प्रवद्र्धनका लागि आयोजना गरिने हरेक मेला महोत्सव र एक्स्पोहरुमा जाने कलाकारहरुले आफ्नो कला प्रस्तुतिका साथै स्टलहरुको पनि अवलोकन गरिदिए व्यवसायीहरुलाई उत्प्रेरणा हुने बताएका थिए । आफ्नो धारणा अनुसार नै बुधबार उनले एक्स्पोका स्टलहरुमा राखिएका उत्पादनको प्रवद्र्धन गर्दै अवलोकन गरेका छन् ।

एक्स्पोमा रहेको अटोमोबाइल्स पेभेलियनसहित पाँचवटा मुख्य पेभेलियन रहेका छन् । ती पेभेलियनभित्र ३७० वटा स्टल रहेका छन् । जसमध्ये घरेलु तथा साना उद्यमीहरुले मात्रै ७२ वटा स्टल राखेका छन् । कलाकार गजुरेलले स्टलहरुको अवलोकन गर्दै विभिन्न उत्पादनहरुको जानकारी लिएका थिए ।

एक्स्पो आयोजक नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरे, उपाध्यक्ष देवेन्द्र गुप्ता, सहसंयोजक गिरीजा सारडा लगायतको आयोजक समितिका पदाधिकारीहरुले स्टलहरुको बारेमा जानकारी गराएका थिए ।

अध्यक्ष घिमिरेले गजुरेलकै सुझाव अनुसार हरेक कलाकारहरुलाई एक्स्पोका स्टलहरुमा समेत अवलोकन गराउने जानकारी दिए । उनले कलाकारहरु स्टलमा पुग्दा उद्यमीहरुलाई हौसला र प्रोत्साहन मिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!