आइतबार, चैत्र ०२, २०७६ || 720  पटक पढिएको

सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् सचिवालयको महासचिवको हैसियतमा काम गर्ने गरी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई तोक्नुभएको छ । सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई आजदेखि सेवानिवृत्त भएपछि सभामुखले रिक्त पदमा अर्को व्यवस्था नभएसम्मका लागि सचिव योगीलाई जिम्मेवारी तोक्नुभएको हो । राष्ट्रियसभाका अध्यक्षको परामर्शमा योगीलाई महासचिवको जिम्मेवारी तोकिएको सभामुखको सचिवालयले जनाएको छ । उहाँले सोमबारदेखि महासचिवको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!