हिपमत डटकम

आइतबार, माघ २२, २०७९ || 594  पटक पढिएको

सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँमा आगलागी हुँदा दुई घर पूर्ण रुपमा जलेर नष्ट भएका छन्। एउटा घरमा एक्कासि आगलागी भएको र अन्य दुई घरमा आगो सल्किएको हो।

वडा अध्यक्ष बलवीर शाहीले आइतबार दिउँसो छक्क सिंहको घरमा लागेको आगोले अन्य दुई घरमा क्षति पुर्याएको बताउनुभयो। उहाँका अनुसार आगलागीबाट छक्क सिंह र काली सिंहको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ। सुरसिंह सिंहको घरमा आंशिक क्षति पुगेको बताउनुभयो। दुई जनाको घर पूर्ण रुपमा जलेर नष्ट भएको कारण के कति क्षति भएको छ त्यसको विवरण आउन सकेको छैन।

प्रहरी निरीक्षक गीताप्रसाद चौधरीले आगलागी भएको क्षेत्रमा प्रहरी पुगेको जानकारी दिनुभयो। क्षतिको विवरण सङ्कलन भइरहेको उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!