हिपमत डटकम

मंगलबार, माघ १७, २०७९ || 7304  पटक पढिएको

विराटनगर÷ ट्राफिक प्रहरीसँगको सहकार्यमा महानगर प्रहरीले ट्राफिक व्यवस्थापनलाई तीव्रता दिएको छ । बजार क्षेत्रका विभिन्न सडकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरेको महानगरले सिटीरिक्सालाई व्यवस्थित गर्ने अभियान पनि सञ्चालन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङसँगको सहकार्यमा महानगर प्रहरीले सिटीरिक्सा चालकलाई सडकमै ट्राफिक नियम र लेन अनुशासनका विषयमा जानकारी गराएको छ ।

महानगरका विभिन्न सडकमा सिटीरिक्सा चालकलाई रोकेर ट्राफिक लेनका बारेमा जानकारी गराएको हो । सो क्रममा महानगर प्रहरीका निरीक्षक राजन पौडेल र ट्राफिक प्रहरीका वरिष्ठ नायव निरीक्षक यज्ञ शर्माले ट्राफिक नियम, पार्किङ, लेन अनुशासनलगायतका विषयमा जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!