हिपमत डटकम

आइतबार, माघ ०८, २०७९ || 1610  पटक पढिएको

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले दादुरा रोगको नियन्त्रणका लागि कुनै पनि बालबालिका खोप लिनबाट नछुटुन् भन्नेमा सबैपक्ष सचेत हुनुपर्ने बताउनुभएको छ ।

“घर घरमा पुगेर भए पनि बालबालिकाले खोप पाउनुपर्छ, दादुराको महामारी फैलिएको नेपालगञ्ज उपमहानगरपालिका –५ फुल्टेक्रामा आइतबार प्रभावित क्षेत्रको स्थलगत अनूगमन स्थानीय बासिन्दासँग मन्त्री गिरीले भन्नुभयो, “शिक्षक र अभिभावकका माध्यमबाट पनि सबै बालबालिकालाई खोपको दायरामा ल्याउनुपर्छ ।”

मन्त्री गिरीले बाँकेसहित अन्य जिल्लामा समेत दादुराका विरामी फेला परेको भन्दै यसको रोकथाम र नियन्त्रणका लागि प्रभावकारी योजना बनाउन सहयोग पुग्ने भएकाले मन्त्रालयको टोली प्रभावित क्षेत्रमा आएको बताउनुभयो । दादुराविरुद्ध सञ्चालित खोप अभियान प्रभावकारी बनाइने उहाँले बताउनुभयो ।

सो अवसरमा मन्त्री गिरीलाई नेपालगञ्ज –५ का वडा अध्यक्ष सराफत हुसेन शेषले सबै बालबालिकालाई खोप लिने वाताबरण बनाउन लागिपरेको बताउनुभयो । “नागरिक समाज, धार्मिक तथा राजनीतिक अगुवा लगायतको सहयोगमा बालबालिकालाई खोप अनिबार्य छ भन्ने कुरा पनि सिकाइरहेका छौं” वडा अध्यक्ष शेषले भन्नुभयो, “वडामार्फत सचेतताका लागि पनि कार्यक्रम भइरहेको छ ।”

सो अवसरमा मन्त्री गिरीले दादुराबाट ज्यान गुमाएका बालकका अभिभावक, दादुरा फैलिएपछि रोकथाम र नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका र स्थानीय बासिन्दासँग मन्त्रालय दादुरा रोग नियन्त्रणका लागि गम्भीर रहेको बताउनुभयो ।

उहाँले वडाभित्र जग्गा ब्यवस्थापन भएमा स्वास्थ्य चौकीको भवन निर्माणका लागि पर्याप्त वजेटको ब्यवस्थापन गरिने बताउनुभयो । मन्त्री गिरीलाई स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्द लगायतले दादुरा रोकथाम, नियन्त्रणमा भइरहेका प्रयास र मन्त्रालयबाट आवश्यक सहयोगका विषयमा अवगत गराउनुभएको थियो ।

मन्त्री गिरीसहित मन्त्रालयका सचिव डा. रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्ररमण सिंहलगायतको टोली दादुरा प्रभावित क्षेत्रको स्थलगत अनूगमनमा आएको छ । दादुराबाट बाँकेमा एक जना ३१ म्हिने बालकको निधन भएको छ । हालसम्म २६० जना विरामी भेटिएका छन् । जिल्लामा खोप अभियान जारी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!