हिपमत डटकम

शनिबार, माघ ०७, २०७९ || 1033  पटक पढिएको

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियाका सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार बिहान पौने नौ बजे लु २ ख ४२२६  नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । बसले लु ४ त ५४१९ नम्बरको  ट्याक्टरलाई ठक्कर दिँदा अनियन्त्रित भई साइकल यात्रीलाई ठक्कर दिएको हो ।

मृत्यु हुनेमा सोही गाउँपालिका वडा नम्बर ३ गुलरीको वर्ष ३० को विन्दकुमार कहारको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतका अनुसार बसमा सवार छ जना र ट्याक्टरमा सवार दुई जना घाइते भएको बताउनुभयो । बस र ट्याक्टर चालक फरार रहको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!